coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाविरुद्ध युरोपियन युनियनले पनि नाकाबन्दी लगाउने

तलिन –  युरोपियन युनियनले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको तयारी गरिरहेको जानकारी सो संस्थाका कूटनीतिक प्रमुखले दिएका छन्। 

उनले उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धमा युरोपियन युनियनले हाल कायम राखेको आर्थिक लगायतको नाकाबन्दीलाई थप कडा बनाउने बारेमा तयारी सुरु गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

उक्त संस्थाका कूटनीतिक विभग प्रमुख फेडरिका मोगारिनीले भने– उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दी लगाउने बारेमा मैले मन्त्रिपरिषदका सदस्यहरूलाई भनेको छु, अब यसले छिट्टै नै पूर्णता पाउने छ। 

उत्तर कोरियामाथि विभिन्न देश र संघसंस्थाले थप नाकाबन्दी तथा कारबाहीको घोषणागर्ने जनाएका छन्। सो आणविक परीक्षणको विरोधगर्दै आएको युरोपियन युनियनले पनि उसका विरुद्ध नाकाबन्दीको तयारी गरेको हो। 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाको यस कदमको विरोध गरेको छ। उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउनुका साथै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको भन्दै कडा कारबाहीको पनि प्रस्ताव गरेको जनाइएको छ। 

प्रकाशित: २२ भाद्र २०७४ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App