"

यस्तो देखियो इन्द्रजात्रा (फोटो फिचर)

मङ्गलबार, २० भदौ २०७४, २० : २५ प्रबिन कोइराला  | @i_m_pra


काठमाडौं- वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी उपत्यकामा  परम्परागत इन्द्रजात्रा पर्व मनाइएको छ।  वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।

जात्राको पहिलो दिन आइतबार बिहान सवा आठ बजे हनुमान ढोका अगाडि लिंगो उठाएर नाचगान गरिएको थियो। आइतबारै बेलुका ८ बजे कुमारीलाई हनुमानढोका लगेर पूजा गरी फर्काइएको छ ।

जात्रा सुरु भएसँगै विभिन्न देवी–देवतालाई आठ दिनसम्म किलागलस्थित हलचोक आकाश भैरव गुठीमा राखिन्छ । जात्रा नसकिएसम्म देवी–देवतालाई त्यहीँ राखेर पूजा गर्ने चलन रहेको छ।

जात्राको पहिलो दिनदेखि अन्तिम दिनसम्म विभिन्न नाच, रथयात्रा र जात्रा प्रस्तुत गर्ने गरिन्छ । आइतबार हनुमानढोका आसपासमा लाखे, दश अवतार, भैरव, आकाश भैरव, देवी, महाकालीलगायत नाच देखाइएको छ।

जात्रा सुरु भएको तेस्रो र चौथो दिन कुमारी र भैरवको रथयात्रा गरिन्छ । रथयात्राको मुख्य रुट वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टंगाल, असन, इन्द्रचोक, हनुमानढोका क्षेत्र हो।  इन्द्रजात्रामा राष्ट्र प्रमुखले दुईपटक दर्शन र प्रसाद ग्रहण गर्नुपर्ने नियम छ ।

उपत्यकाका अन्य जात्राजस्तै इन्द्रजात्राका पनि किंवदन्ती छन् । त्यसमध्ये सबैभन्दा चर्चित किंवदन्तीअनुसार कुनै बेला स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानव रूप धारण गरी पृथ्वीमा आएका थिए । उनी काठमाडौं उपत्यका आइपुगे । एउटा बगैँचामा पारिजात र कर्कलो देखेपछि मालीलाई नसोधी फूल चोर्न पसे ।

बगैंचामा पसेको चोर देखेपछि स्थानीयले तान्त्रिक शक्तिमार्फत इन्द्रलाई पाता कसेर सार्वजनिक स्थलमा ल्याए। छोरो काठमाडौंमा बाँधिएको पत्तो पाएपछि इन्द्रकी आमा आई छोराको बदलामा कुहिरो दिने वाचा गरी उनलाई फर्काएर लगिन् । त्यसैको सम्झनामा इन्द्रजात्रा सुरु गरिएको धेरैको भनाइ छ । यो मौसममा लाग्ने कुहिरोका कारण अन्नबाली राम्रो हुने जनविश्वास अहिले पनि रहँदै आएको छ। 

सबै तस्बिरहरु: प्रबिन कोइराला

 

 

 

 

 

 


























यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...