७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४९९ पुग्यो

फ्रिटाउन–अफ्रिका महादेशमा पर्ने सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४९९ पुगेको छ । 

मृत्य हुनेहरूमा १६२ पुरूष, १६३ महिला, १५६ बालबालिका रहेका छन् भने १८ जनाको लिङङ्ग पहिचान हुन सकेको छैन् । 
राजधानी फ्रिटाउन नजिकै गएको पहिरोका कारण करिब ५० प्रतिशत घरहरू पूर्णरूपमा क्षति  भएको छ । गत सोमबार  साँझ राजधानी फ्रिटाउन नजिकै पहिरो गएको थियो । भयानक पहिरोका कारण उद्धार कार्य जटिल बनेको छ। 

पहिरोका कारण भयानक अवस्था सृजना भएपश्चात् राष्ट्रपति अर्नेस्ट बाई कोरमाले मुलुकलाई संकटग्रस्त क्षेत्र घोषणा गरेका थिए  । उनले बेपताहरूको खोजी तथा उद्धार कार्यका लागि विश्व समुदायमा सहयोगको अपिल गरेका छन् । पहिरोका कारण भौतिक संरचना पूर्णरूपमा नष्ट भएकाले  उद्धार कार्य ज्यादै कठिन भएको उनको दाबी छ। 

पहिरोका कारण विस्थापितहरूमा राहत वितरण कार्य भइरहेको छ । अन्र्तराष्ट्रिय संस्था रेडक्रसले पनि राहत वितरण तथा विस्थापितहरूको पुनस्थापनाको कार्य गरिरहेको छ । भने अज्ञातहरूको खोजीका लागि संयुक्त राष्ट्रसंघले समेत  प्रतिनिधिहरू पठाएको छ। 

संयुक्त राष्ट्रसंघले सहयोगका लागि विश्व समुदायलाई अपिल गरेको छ। 

प्रकाशित: ५ भाद्र २०७४ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App