coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २०० पुग्यो

बुनिया –कंगोमा भीषण पहिरो गएको छ । त्यस पहिरोमा परी शनिबार सम्ममा कम्तीमा २०० जनाको ज्यान गएको छ। 

गत बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो । पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो । शनिबार उक्त पहिरोस्थलबाट २०० जनाको शव निकालिएको बताइएको छ । 

कंगोका उप गभर्नरले दिएको जानकारी अनुसार यहाँका तीन वटा गाउँमा बाढी र पहिरो आएको थियो र ती क्षेत्रमा भएको उद्धारको प्रयासपछि यति ठूलो संख्यामा शव भेटिएको थियो । 

कम्तीमा पनि १०० घरका नागरिकले उक्त पहिरोमा ज्यान गुमाएका छन् । अरु हजारौँ घर परिवार विस्थापित भएका छन् । 

एउटा पहाडै खसेर गाउँलाई पुरेको थियो । बिहीबार सो दुर्घटना भएपछि शनिबारसम्म पनि पहाड खस्ने क्रम रोकिएको छैन, तर उद्धारकर्मी घटनास्थलमा शनिबार मात्र पुग्न सकेका थिए। 

शनिबार अपराह्न संयुक्त राष्टसंघीय उद्धार अधिकारी पनि यहाँ पुगेका छन् । उनीहरुले सो गाउँ नै खतरमा रहेकाले सार्नुपर्ने सुझाव दिएका छन्। 

कंगोमा आन्तरिक द्वन्द्व तथा प्राकृतिक प्रकोपबाट ज्यान जाने नागरिकको संख्या बढ्दो रहेको छ । पछिल्लो समयमा यहाँ निकै धेरै नागरिकले ज्यान गुमाइरहेका बताइएको छ। 

प्रकाशित: ४ भाद्र २०७४ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App