७ वैशाख २०८१ शुक्रबार
कला

आचार्य र तामाङका बालकृति सार्वजनिक

काठमाडौं–बाल साहित्य सर्जक विजयराज आचार्यको आठौं बाल कथासंग्रह ‘स्मार्ट घर’ र पत्रकार/साहित्यकार नेत्र तामाङको सचित्र बाल कथा ‘फुर्वाको फार्म’ आइतबार राजधानीमा विमोचन भएका छन्। सातदोबाटोस्थित विवेक सिर्जनशिल प्रकाशनमा भएको पुस्तक विमोचन समारोहमा धापाखेलस्थित जुगल स्कुलमा दश कक्षामा अध्ययनरत रोहिना महर्जन र अप्सरा सुवेदीले दुई कृतिको घुम्टि उघारेका थिए। घुम्टि उघारेसँगै उनीहरुले पुस्तकका बारेमा समिक्षा पनि गरेका थिए।

विजयराज आचार्यको स्मार्ट घरबारे बोल्दै अप्सरा सुवेदीले पुस्तक पछिल्लो समय आएको प्रविधिलाई समाएर लेखिएको बताइन् । बालकथा मार्फत प्रविधि, स्वास्थ्य र हाम्रै समाजमा रहिआएका कुसंस्कार र कुरीतिहरुको उजागर गरिएको उनले बताइन्। त्यस्तै नेत्र तामाङको सचित्र कथा फुर्वाको फार्मबारे बोल्दै रोहिना महर्जनले पुस्तक सानो बालबाललिका लागि मनोरञ्जक रहेको बताइन् । किताब मार्फत बालबालिकाले फार्ममा हुकाईने विभिन्न पशु पंक्षीसँग परिचित हुने अवसर मिल्ने उनले बताइन् । कार्यक्रममा बाल साहित्यकार अनन्त वाग्ले, बाल इतिहासकार प्रमोद प्रधान, वरिष्ठ चित्रकार एकराम सिंह, सुमन केसी, पत्रकार क्रान्ति पाण्डे, पुष्पा आचार्य लगायतको उपस्थिती थियो । समारोहमा उनीहरुले विमोचित पुस्तकसँगै बाल साहित्यका विविध आयामबारे बोलेका थिए । दुवै बाल पुस्तक विवेक सिर्जनशिल प्रकाशनले बजारमा ल्याएको छ।

 

प्रकाशित: २९ श्रावण २०७४ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App