७ वैशाख २०८१ शुक्रबार
प्रवास

पत्रकार बस्नेतको तीज गीत लण्डनबाट सार्वजनिक

लन्डन—वेलायतका कार्यरत पत्रकार नरेन्द्र बस्नेतले हरितालिका तीजको अवसर पारेर तीज गीत सार्वजनिक गरेका छन्।  अनलाइन गोर्खा रेडियोका सञ्चालक तथा नेपाल पत्रकार महासंघ यूकेका सदस्य बस्नेतको शब्दमा कला पंगेनी र खुमन अधिकारीको स्वर दिएका छन्। कृष्ण बिकको संगीत रहेको गीत पापी घरैमा‘ को म्यूजिक भिडियो भर्खर सार्वजनिक गरिएको हो। भिडियो निर्माण ह्वाइट मिडिया प्रालिले गरेको हो।

 

आफ्नो ज्यानको राम्रो ख्याल गरे है, बाह्र हाते पटुकी कस पियारी,

आउँला सानु दुई चार सालपछि त गाह्रो पिरो नमानी बस पियारी‘

गोर्खा रेडियो यूकेले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतको म्यूजिक भिडियोमा चर्चित मोडलहरु अन्जली अधिकारी र महेन्द्र गौतमको अभिनय छ। भिडियो प्रविन थापाले निर्देशन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेले छायांकन तथा सम्पादन गरेका छन्। 

बस्नेतले गीत परदेशमा रहेर आफ्नी प्यारी प्रतिको सम्झना स्वरुप तयार पारिएको बताए। गीतमा आफ्नी मायालुलाई आफू दुई चार सालपछि फर्किने बाचा गर्दै महिलाहरुको गहनाप्रतिको रुची, भोकै ब्रत बस्ने प्रचलन हुंदा स्वास्थ्य प्रति ख्याल राख्न, बाबुआमालाई राम्रो हेरविचार गर्न, दुःखमा आत्तिन नहुने जस्ता सन्देशहरु दिन खोजिएको छ।

 

प्रकाशित: २७ श्रावण २०७४ ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App