coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाँचथरमा जिप दुर्घटना, १३ घाइते

पाँचथरमा दुर्घटना भएको जिप । तस्बिर : गिरिराज बाँस्कोटा

पाँचथर – पाँचथर सदरमुकाम फिदिमदेखि फालेलुङ गाँउपालिकाको मेमेङ तर्फ गइरहेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिप मेची राजमार्ग अन्तर्गत फिदिमको सारन्तामा सडकबाट करिव दुई सय मिटर तल खसेको हो ।

शुक्रवार दिउँसो दुर्घटनामा परेको मे १ ज १८९२ नम्बरको जिपमा सवार सबै घाइते छन् । उनीहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा  रमिला खपांगी, उनका छोरा लक्की खपांगी, समिप गुरुङ, शिखा तामाङ, विक्रम राई, मिरा तामाङ, हेमराज खनाल, तेजबहादुर गुरुङ, बलबहादुर खत्री, भानुभक्त खनाल, दावा गुरुङ, निमा गुरुङ र बल बहादुर गुरुङ रहेका छन् । 

 

प्रकाशित: १३ श्रावण २०७४ १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App