६ वैशाख २०८१ बिहीबार
प्रविधि

आफ्नो बच्चालाई कुन उमेरमा स्मार्टफोन दिनु ठिक ?

केही समय पहिले धेरै अविभावकहरु  आफ्ना छोराछोरीलाई कुन उमेरमा कारको साँचो दिने विषयमा चिन्तित थिए। तर, अहिले अविभावकहरु एउटै प्रश्नमा रुमल्लिरहेका छन, ‘आफ्ना बालबच्चालाई कुन उमेरमा स्मार्टफोनको प्रयोग गर्न दिने ?  

प्रविधिले राज गरेको यो समयमा स्मार्टफोन इन्टनेट प्रयोग गर्ने मुख्य माध्यम बनेको छ। इन्टरनेटका धेरै फाइदा छन् तर साथसाथै बेफाइदा पनि छन्। स्मार्ट फोन चलाउनु र कार चलाउनु विल्कुलै फरक विषय हुन्। धेरै राष्ट्रहरुमा सवारी साधन चलाउनका लागि निश्चित उमेरको हद तोकिएको हुन्छ । तर संसरमा भएका कुनै पनि कानुनले अविभावकलाई आफ्ना बच्चाहरुलाई यही उमेरमा स्मार्टफोन दिनुपर्छ भनेर तोकेको छैन।

धेरेजसो बालबालिकाले कलिलो उमेरमा नै स्मार्टफोनको प्रयोग गर्ने क्रम बढेसँगै आफ्नो बच्चालाई कुन उमेरमा स्मार्टफोन दिनु ठिक भन्ने विषयमा धेरै बहस भैरहेका छन्। इन्फ्युएन्स सेन्ट्रलले सन् २०१२ मा १२ वर्षभन्दा कम उमेरका बालबालिकामा गरेको एक अनुसन्धानले कु्नै पनि बालबालिकाले स्मार्टफोन प्रयोग गर्ने औसत उमेर १० वर्ष भएको देखाएको थियो। साथै सोही अध्ययनमा सहभागी केही बालबालिकाले ७ वर्षको उमेरमा नै स्मार्ट फोन प्रयोग गरेको पनि भेटिएको थियो।

इन्फ्युएन्स सेन्ट्रलका प्रमुख स्टेसी डी ब्रोफले भने, ‘बालबालिकाहरुले अविभावकको स्मार्टफोनको प्रयोग गर्छन्। जसका कारण उनीहरु बालबालिकालाई स्मार्टफोन दिनका लागि बाध्य हुन्छन्, यसकारण पनि बालबालिकाले अझै कलीलो उमेरमा स्मार्टफोनको प्रयोग गर्ने भय देखिन्छ ।

सहभागी सबैले स्मार्टफोनको प्रयोगले बालबालिका अनलाइका मार्फत सेक्स च्याट तथा अन्य गलत बाटोमा हिँड्न सक्ने भन्दै स्मार्टफोन प्रयोग गर्दा सेफ्टीमा ध्यान दिनु पर्ने बताएका थिए।

कमन सेन्स मिडियाका प्रमुख जेम्स पी स्टेनरले आफूले आफ्ना छोराछोरीका लागि कडा नियम बनाएको बताए। उनले भने, ‘मेरा छोराछारीले हाई स्कुल गएपछि मात्र स्मार्टफोनको प्रयोग गरे किनभने त्यो समयसम्मा उनीहरुलाई फेस टु फेस कन्युनिकेशन र आफ्नो दात्विका बारेमा थहा भैसकेको थियो। उनले अविभावकले आफ्ना छोराछोरीलाई स्मार्टफोन दिदाँ उमेरमा भन्दा पनि उनीहरु आफूले गरेको काममा कती जवाफदेही छन् भन्ने आधारमा निर्धारण गर्नु पर्नेमा जोड दिए।

अध्ययनमा बालबालिकालाई कुन उमेरमा स्मार्टफोनको प्रयोग गर्न दिने भन्ने विषयमा इन्टरनेटका सेफ्टी विज्ञ तथा अविभावकहरुलाई  सोधिएको थियो। अध्ययनमा सहभागी केहीले समार्टफोनको प्रयोग गर्ने सही उमेर १२ वर्ष बताएका थिए भने केहीले १४ वर्ष बताएका थिए। तर सहभागी सबैले स्मार्टफोनको प्रयोगले बालबालिका अनलाइका मार्फत सेक्स च्याट तथा अन्य गलत बाटोमा हिँड्न सक्ने भन्दै स्मार्टफोन प्रयोग गर्दा सेफ्टीमा ध्यान दिनु पर्ने बताएका थिए।

यस विषयमा धेरै अध्ययन तथा अनुसन्धान भएका छन्। सोही क्रममा मिस विनबर्जरले आफ्नो पुस्तक ‘दि बोजिनम्यान एण्ड हि इज इन युयोर चाइल्डस् पकेटका लागी १८ महिनाको अवधिमा करिब ७० हजार बालबालीकामा गरेको अध्ययनमा बालबालिकाले ५ कक्षा पढ्दादेखि नै अश्लिल साइट तथा सामाग्रीहरु हेर्ने देखाएको थियो। उक्त अध्ययनले अश्लिल साइट हेर्ने बालबालिकाको औसत उमेर ८ देखि ११ वर्षको बीचमा भएको देखाएको छ।

त्यस्तै, कमन सेन्स मिडियाले १ हजार २ सय ४० बालबालिका तथा अविभावकमा गरेको एक अध्ययनमा सहभागी ५० प्रतिशत बालबालिकाले आफुहरु स्मार्टफोनको लतमा फसेको बताएका थिए। अध्ययनमा सहभागी ६४ प्रतिशत अविभावकले आफ्ना बालबालिका अत्याधिक स्मार्टफोनको प्रयोग गर्ने बताएका थिए भने ३६ प्रतिशतले आफ्ना बालबालिकासँग स्मार्टफोनका विषयमा दैकिक विवाद हुने बताएका थिए।

स्मार्टफोनसम्बन्धी अहिले पनि धेरै भ्रम रहेका छन् । केहीले अध्ययनका सामाग्री खोज्नुका साथै आफ्ना साथीभाई तथा आफन्तसँग कुरा गर्न स्मार्टफोन प्रयोग हुने भएकाले यसलाई सकारात्मक रुपमा लिनु पर्ने बताएका थिए भने केहीले बालबालिकाले स्मार्टफोनको माध्यमबाट अश्लिल साइट हेर्ने तथा गलत बाटोमा लाग्ने भन्दै यसलाई नकारात्मक रुपमा लिनुपर्ने बताएका थिए।

मैले मेरा बालबालिकालाई स्मार्टफोन प्रगोग गर्न दिएको छु तर उनीहरुले स्मार्टफोन डिनर टेबल तथा कक्षा कोठामा प्रयोग गर्न पाउँदैनन्, प्रयोग गरिएको खण्डमा उक्त स्मार्टफोन खोसिनेछ।

विज्ञहरुले अविभावकहरुले आफ्ना बालबालिकालाई कुन उमेरमा स्मार्टफोनको प्रगोग गर्न लिने भन्ने विषयको आफै निर्धारण गर्नुपर्ने  बताए। त्यसका लागि पहिले बालबालिकालाई सामान्य सन्देश पठाउन मिल्ने तथा फोन मात्र गर्न मिल्ने मोबाइल फोन दिनुपर्ने र उनीहरुले यसको प्रयोग कुन  रुपमा गर्छन् भन्ने  निरिक्षण गर्नुपर्ने बताए। अध्ययनमा सहभागी एक अविभावकले भने, ‘आफ्ना बालबालिकालाई स्मार्टफोनको प्रयोग गर्न दिदाँ केही नियमसम्बन्धी काजगमा हस्ताक्षर गराउनु जरुरी छ, जसमा उनीहरुले आफ्नो नग्न सेल्फि तथा अज्ञात व्यक्तीसँग कुनै प्रकारको संवाद नगर्न निर्देशन उल्लेख गरिएको हुन्छ।

त्यस्तै अर्का एक अविभावकले भने, ‘मैले मेरा बालबालिकालाई स्मार्टफोन प्रगोग गर्न दिएको छु तर उनीहरुले स्मार्टफोन डिनर टेबल तथा कक्षा कोठामा प्रयोग गर्न पाउँदैनन्, प्रयोग गरिएको खण्डमा उक्त स्मार्टफोन खोसीने छ।

अविभावक स्वयम्ले आइफोन तथा एन्ड्रोइड स्मार्टफोनमा आफ्ना बालबालिकालाई अश्लिल साइटको प्रयोग गर्नबाट रोक्न केही सेटिङको प्रयोग गर्न सक्छन्। त्यसका लागि अविभावकले  एप्पल आइफोनमा बोर्ड फूल फिचर्सको प्रयोग गर्न सक्दछन्। यसबाट उनीहरुले बालबालिकालाई वयस्क सामाग्री हेर्न तथा सेलुलर डाटाको प्रयोग गर्न रोक लगाउन सक्नेछन्।

त्यस्तै  एन्ड्रोइड स्मार्टफोनमा सोही फिचर्स नभए पनि अविभावकले त्यसमा भएको गुगल प्लेस्टोर एपको प्रयोगमा रोक लागाउनुका साथै आफ्ना बालबालिकाले साथीभाईलाई गरेका एसएमएस तथा फोनको दैनिक निरीक्षण गर्दा उनीहरुलाई कुलतको बाटोमा जानबाट रोक्न सकिन्छ।

 

प्रकाशित: ७ श्रावण २०७३ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App