भक्तपुर – भक्तपुरको सूर्यविनायकसम्म सिमित साझा बस बुधबारदेखि पलाँंसेसम्म पुगेको छ । पूर्व उद्योगमन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित प्रमुख बासुदेव थापाले संयुक्त रुपमा उद्घाटन गरी बस सञ्चालनमा ल्याइएको हो ।
यसअघि विहानै पूर्व मन्त्री बस्नेत, सूर्यविनायक नगरपालिका प्रमुख थापा, सूर्यवनायक नगरपालिका वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसी, १० का वडा अध्यक्ष शिवराम राउतलगायतका व्यक्तिहरु साझा बसमै चढेर सूर्यविनायकबाट पलाँंसे पुगेका थिए।
सूर्यविनायकसम्म बिहानदेखि सञ्चालन हुँदै आएको साझा बस यो रुटमा २० वटा सञ्चालन भइरहेका छन् । पलासँें अरनिको राजमार्ग अन्तर्गत भक्तपुर जिल्लाको सुदुर पूर्वमा पर्छ । यो ठाउँं सूर्यविनायकदेखि करिव पाँंच किलोमिटर पूर्व बनेपातिरको दुरीमा छ ।
प्रकाशित: २१ असार २०७४ ०६:३० बुधबार