५ वैशाख २०८१ बुधबार
समाज

ग्यास लिग भएर आगलागी हुँदा चार जना घाइते

घाइतेहरुलाई उपचारका लागि नेपालगन्जतर्फ  लगिदै ।  तस्बिर : जनक केसी

जाजरकोट – खाना पकाउने ग्यासको सिलिन्डरबाट  ग्यास लिग भएर आगलागी हुँदा बुधबार विहान जाजरकोट सदरमुकाम खलंगामा  चार जना  घाइते भएका छन् । भेरी नगरपालिका ३ थाप्लेचौर स्थित भक्तबहादुर वलीको घरमा भाडामा बस्ने हिरालाल पन्तको कोठामा  ग्यास लिग  भएर  आगलागी भएको थियो ।  

जिल्ला प्रहरी प्रमुख डिएसपी  भावेस रिमालले दिएको जानकारी अनुसार घाइते हुनेहरुमा  त्रिवेणी नलगाड नगरपालिका ४का हिरालाल पन्त, उनकी छोरी बन्दना पन्त,  हिरालालकै नाती रोसन सिंह र  भेरी नगरपालिका ३ की वागेस्वरी डांगी रहेका छन् । आगलागीबाट कोठामा रहेका विभिन्न सामाग्री जल्नुका साथै छानाको भाग पनि जलेको  छ । वलीको घरमा  आगलागी भएको थाहा पाएर  हेर्न गएकी  थाप्लेचौर निवासी वागेस्वरी डांगी पनि  जलेर  घाइते भएको प्रहरीले  जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा  उपचार हुन नसकेपछि  नेपालगन्जतर्फ रिफर गरिएको छ । घाइतेहरुको अनुहार र शरीरका विभिन्न भागहरु जलेको  प्रहरीले जनाएको  छ । ग्यास चुलोमा  होसियारी  नअपनाउदा  लिग भएर  आगलागी भएको बताइएको छ। 

प्रकाशित: २१ असार २०७४ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App