coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विप्लवको पार्टीद्वारा रोल्पा बन्द

असार— रोल्पामा मंगलबार बिहानै देखि यातायात बन्द गरीएको छ। विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अनिश्चितकालीन यातायात बन्दको आव्हान गरेकाले सवारी साधन सञ्चालनमा आएका छैनन्।

बिहानैबाट सदरमुकामदेखि बाहिरिने र भित्रिने लामा र छोटो दुरीका सबै यातायात बन्द छन् भने बजार खुला छन्। यातयातका साधन ठप्प भएपछि सडक सुनसान बनेका छन् । नेकपाले सोमबार बेलुका विज्ञप्ती जारी गरेर बन्द आव्हान गरेको थियो।

पार्टीका जिल्ला सचिव दलबहादुर खत्री ‘जागृति’ द्वारा हस्ताक्षरित विज्ञप्तीमा रोल्पा नगरपालिका १० धबाङका बीरबहादुर वलीलाई प्रहरीले बिना कारण गिरफ्तार गरी झुठामुद्दा लगाएको उल्लेख छ । ओलीलाई नछाड्दासम्म यातायात बन्द गरिने बताइएको छ।

स्थानीय तहको निर्वाचनका दिन रोल्पा नगरपालिका १० धबाङको मतपेटिकामा एसिड खसाएको आंशकामा प्रहरीले ओलीलाई पक्राउ गरेको हो। विज्ञप्तीमा चुनाव सकिएपनि सर्वसाधारण वलीलाई निर्वाचन विरोधी कार्य गरेको झुठो आरोप लगाइएकोमा आपत्ति जनाइएको छ। चुनाव अघि पक्राउ गरिएका नेकपाका कार्यकर्ता र कलाकारलाई भने प्रहरीले छोडेको छ।

प्रकाशित: २० असार २०७४ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App