coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चितवनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

चितवन-आज बिहान सबेरै पौने तीन बजे पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ३ चुम्लिङटारमा यात्रु बस दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ। दुर्घटनामा पाँचजना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। काठमाडौंबाट धनगढी जाँदै गरेको ना६ख २४६८ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडक छेउको नालामा पल्टेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा बसका चालक कैलालीका अन्दाजी ३० वर्षीय दिनेश राना मगर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले मंगलबार बिहान जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ। त्यस्तै बर्दिया मगरागढी–६ का २६ वर्षीय राजकुमार थारु र उनकी तीन महिनाकी छोरीको पनि निधन भएको छ। राजकुमार र उनकी छोरीको घटनास्थलमा र चालकको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा निधन भएको हो।

घटनास्थलमा निधन भएकाहरुको शब भरतपुर अस्पतालको शबगृहमा ल्याइएको चितवन प्रहरीले जनाएको छ। घाइतेमध्ये बर्दियाकी ३० वर्षीया लिला थारु, कैलाली टिकापुर–७ की ४० वर्षीय धनकला तमन्ना, धनगढी–२ की ४७ वर्षीया राधी डगौरा र कैलालीकै ६० वर्षीया डिालादेबी साहको अवस्था मध्यम छ। साहको पोखरा क्षेत्रीय अस्पताल र अरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

घाइतेमध्ये कैलालीकै १५ वर्षीय धिरसला सिंखडाको अवस्था सामान्य रहेको चितवन प्रहरीले जानकारी दिएको छ। बस दुर्घटना भएको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय मुग्लिनको टोली उद्धारमा जुटेको थियो। बसमा २६ जना यात्रु थिए।

प्रकाशित: २० असार २०७४ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App