१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाँचथरमा काग्रेस ३, एमाले २ र माओवादी १ तहमा विजयी

पाँचथर – पाँचथरका आठ स्थानीय तह मध्ये ६ स्थानीय तहको गणना सकिएको छ । घोषणा भएका तहमा काँग्रेसले ३ स्थान, एमालेले २ स्थान र माओवादीले १ स्थानमा जित निकालेको छ । फिदिम नगरपालिका र याङवरक गाँउपालिको गणना जारी छ । 
गणना भएका दुवै स्थानमा काग्रेस अगाडि छ । याङवरकमा एमाले अगाडि हुने सम्भावना रहेको बताइन्छ । गणना सकिएको फाल्गुनन्द गाँउपालिका, फालेललुङ र तुम्बेवा गाँउपालिकामा काग्रेसले प्रमुखमा जितको छ । फाल्गुनन्द र फालेलुङमा प्रमुख तथा उपप्रमुख पदमा काँग्रेसले जितेको छ । तुमेवामा प्रमुखमात्र जितेको छ ।

यस्तै एमालेले हिलिहाङ र कुम्मायक गाँउपालिकामा प्रमुख तथा उपप्रमुख पदमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रले प्रमुखमा मिक्लाजुङ गाउँपालिका विजय भएको छ । यहाँ उपप्रमुखमा एमालेले जितको छ । 

 

प्रकाशित: १८ असार २०७४ ०८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App