८ वैशाख २०८१ शनिबार
राजनीति

संवैधानिक परिषद बैठक प्रधान न्यायाधीश चयन गर्न असफल

सर्वोच्चका बरिष्ठ न्यायाधीश गोपाल पराजुली। संवैधानिक परिषादमा जन्ममिति र शैक्षिक योग्यताको विवाद उठेपछि उनको नियुक्ति अनिश्चित बनेको छ।

काठमाडौं—संवैधानिक परिषद बैठक प्रधान न्यायाधीशको नाम सिफारिश गर्न असफल भएको छ। सोमबार बसेको परिषद बैठकमा सर्वोच्चका बरिष्ठ न्यायाधीश गोपाल पराजुलीलाई प्रधान न्यायाधीश बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेको स्रोतले बतायो।

‘प्रधानमन्त्रीज्यूले पराजुलीलाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि प्रस्ताव गर्नुभएको थियो’, स्रोतले भन्यो, ‘एमाले अध्यक्षले जन्ममिति सच्याएर नागरिकता बनाएको एवं  शैक्षिक प्रमाणपत्रको आधिकारिकतामा प्रश्न उठाउँदै अध्ययनका लागि थप समय आवश्यक पर्ने बताएपछि कुनै निर्णय हुन सकेन।’

सभामुख ओनसारी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले सत्तापक्ष र प्रतिपक्षबीच तालमेल नमिल्दा प्रधान न्यायाधीश नियुक्ति हुन नसकेको जनाएका छन्। सभामुख संवैधानिक परिषद सदस्य हुन्।

‘सत्तापक्ष र प्रतिपक्षबीच तालमेल नमिल्दा संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गर्न सकेन’, ट्विट गर्दै उनले भनेका छन्।
प्रधान न्यायाधीशबाट सुशीला कार्कीले अवकास पाएपछि बरिष्ठताका आधारमा पराजुली प्रधान न्यायाधीश बन्ने क्रममा छन्।
 
प्रकाशित: ५ असार २०७४ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App