coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

लन्डन आगलागीमा नेपाली परेका छैनन् : नेपाली दूतावास

लन्डनको नर्थ नटिङहिलस्थित आवासीय भवनमा लागेको अागलागी। तस्विरः एएफपी

लन्डन—पश्चिम लन्डनको नर्थ नटिङहिलस्थित आवासीय भवनमा लागेको भीषण आगलागीमा परी कम्तिमा ६ जनाको मृत्यु भएको छ। सो घटनामा नेपाली नागरिक नपरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। १२४ फ्लाट रहेको २७ तले सो भवनमा आगलागी हुँदा करिब ५० जना घाइते भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्।

'हामी स्थानिय सरकारी अधिकारी (काउन्सिल) सँग नियमित सम्पर्कमा छौं। उनीहरुले समेत अहिलेसम्म कोही पनि नेपाली परेको पुष्टि गरेका छैनन्', नागरिकन्युजसँग उनले भने।

नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले सो घटनामा अहिलेसम्म कोही नेपाली परेको खबर नपाएको जानकारी दिए। 'हामी स्थानिय सरकारी अधिकारी (काउन्सिल) सँग नियमित सम्पर्कमा छौं। उनीहरुले समेत अहिलेसम्म कोही पनि नेपाली परेको पुष्टि गरेका छैनन्', नागरिकन्युजसँग उनले भने।

सरकारी आवास भवन भएकोले त्यहाँ अधिकांस थोरै आम्दानी हुने मानिसहरु बसोबास गर्दै आएका थिए। आगलागी भएको भवन नेपाली दूतावासबाट नजिकै छ।

आगलागीमा के कति मान्छे परे भन्ने आधिकारिक तथ्याङ्क सार्वजनिक भएको छैन। आगलागीका कारण करिब ५० जना घाइते भएको प्रहरीले जनाएको छ।

राती पौने एकबजेबाट शुरु भएको आगलागी नियन्त्रण गर्न २ सय भन्दा बढी फायरफाइटर परिचालन गरिएको छ। आगलागीका कारण भवन पूर्ण रुपमा क्षति भएको छ। भवनको केही भागमा अहिलेसम्म आगो बलिरहेको प्रत्यक्षदर्शीले जनाएका छन्।

आगलागी स्थाल नजिक पुगेका स्थानिय समाजसेवी तथा व्यवसायी कृष्ण भट्टका अनुसार अहिले भवन वरीपरि ध्वाको मुस्लोले छपक्कै छोपेको छ।  मानिसहरु के गर्ने भनेर अन्योलमा छन्। भट्टले समेत सो भवनमा नेपाली बस्ने सम्भवना नरहेको नागरिकन्युजलाई बताए।

साउथ केन्सिन्टनमा केही नेपाली वसोवास गर्ने गरेको भए पनि आगलागी स्थल नर्थ केन्सिन्टनमा नेपाली नरहेको उनले जनाकारी दिए।

 

प्रकाशित: ३१ जेष्ठ २०७४ १०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App