७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकार र राजपाबीच सिंहदरवारमा छलफल जारी

तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- सत्ता गठबन्धन र राजपाबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा छलफल भइरहेको छ। दोस्रो तहको निर्वाचनमा राजपालाई भाग लिन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राजपालाई बैठकमा डाकेका हुन्। छलफलमा राजपाका केन्द्रीय नेताहरु महन्थ ठाकुर, सरदसिंह भण्डारी, महेन्द्र राय यादव र अनिलकुमार झा सहभागी छन्।

राजपा नेताहरूले आफूहरूसँग सत्ता पक्षले गरेको तीनबुँदे सहमति कार्यान्वयन भएमात्र चुनावमा जाने अडान राखेका थिए।

सत्ता गठबन्धनबाट भने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेसका नेता रामचन्द्र पौडेल र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सहभागी छन्।

कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार राजपालाई चुनावमा सहभागी गराउनेबारे छलफल भइरहेको छ। राजपाले माग गर्दै आएको चुनाव चिन्हको विकल्पबारे कुराकानी भइरहेको उनले बताए। 'राजपाले माग गर्दै आएको छाता चिन्ह दिने अवस्था अहिले छैन। यसअघि छ दलको चुनाव चिन्हबाट कुनै एकलाई राजपाले चुन्नुपर्ने र त्यसका लागि आवश्यक कानुन फास्ट ट्र्याकमा संशोधन गरिनेबारे छलफल केन्द्रीत छ,' उनले सञ्चारकर्मीसँग भने।

शनिबार भएको छलफलमा राजपाले चुनाव सार्न प्रस्ताव गरेका थिए। राजपाको प्रस्ताव सरकारले ठाडै अस्वीकार गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव मिति सार्दा सबै फस्ने भन्दै अस्वीकार गरेका थिए।

तर राजपा नेताहरूले आफूहरूसँग सत्ता पक्षले गरेको तीनबुँदे सहमति कार्यान्वयन भएमात्र चुनावमा जाने अडान राखेका थिए।

प्रकाशित: २८ जेष्ठ २०७४ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App