"

जनताको संकेत

शुक्रबार, २६ जेठ २०७४, ०८ : ११ डा.सरोज धिताल


निर्धारित समयभन्दा पछि सर्दै गएको स्थानीय चुनाव पनि दुई चरणमा गरिनु, दोस्रो चरणको म्याद झनै पछि सारिनु, पहिलो तथा दोस्रो चरणकै बीचमा सरकार परिवर्तन हुनु, दुई चरणका बीचमा सरकार फेरिनेमात्रै हैन, संविधान संशोधनदेखि लिएर स्थानीय एकाइहरूको सीमा फेरिने जस्ता कुरा जोडतोडले चल्नु, यी सबै यस्ता कुरा हुन् जो लोकतन्त्रको अभ्यास गर्ने भनिएका देशहरूमा अत्यन्त अस्वाभाविक र असंगतिपूर्ण नै ठानिन्छन्। तर हाम्रा निम्ति भने यी कुनै पनि अप्रत्याशित भएनन्। शताब्दियौंदेखि अस्थिरता र अनिश्चिततामा हामी यति अभ्यस्त भइसकेका छौं कि, हाम्रो अनुवांशिकीमै अचम्मको लचिलताले ठाउँ बनाइसकेको छ। झट्ट हेर्दा देखिने नेपालीको यो 'बिन्दास' तालभित्र गहिरिएर हेर्दा भने अचम्मको सामूहिक बौद्धिक तीक्ष्णता र सामूहिक विवेक पनि देखिन्छ। सबै तहका निर्वाचनका परिणाम नेपाली जनताका भावना अभिव्यक्त गर्न सक्षम हुने गरेका छन्। यसपालिको स्थानीय निर्वाचनको पहिलो चरणमा जनताले विभिन्न पार्टीलाई जसरी मतदान गरे, त्यसले पनि केही स्पष्ट सन्देश दिएको छ। 

सांगठनिक ढाँचा, पार्टीप्रति विशेष अनुराग भएका कार्यकर्ता र मतदाता आदि त एमालेको उपलब्धिपछाडिका कारण होलान् नै। योबाहेक राष्ट्रवादसँग जोडिएका तत्वहरूले पनि उल्लेख्य भूमिका निर्वाह गरेकै देखिन्छ।

यसपालि पहिलो चरणको स्थानीय निर्वाचनसम्ममा एमालेले अरुलाई मजैले उछिनेको छ। भनिन्छ– एमाले स्वयंले र अन्य केही स्वतन्त्र विश्लेषकले त एमालेले योभन्दा पनि राम्रो नतिजा हात पार्ने अपेक्षा गरेका थिए। त्यस्तो किन भएन भनेर विभिन्न विश्लेषण भइरहेका छन्।

सामान्य जनता अचेल सबै पार्टीका बारेमा हाँसोठट्टा गर्ने गर्छन् र भिन्नाभिन्नै पार्टीलाई उडाउने मसला पनि फरक हुने गरेका छन्। एमालेलाई उडाउन सबभन्दा बढी प्रयोग हुने मसलामा एउटा हो– ओलीको वाकपटुता जसका कारण उनले 'उखाने' नाम पाएका छन्। र, एकथरीले एमालेलाई सराप्न बोल्ने गरेको कुराचाहिँ एमालेको 'राष्ट्रवादी' अभिव्यक्ति हुने गरेको छ जसलाई 'महेन्›ीय' वा 'खस' राष्ट्रवाद भनेर विरोधीले आलोचना गर्ने गरेका छन्। 'संघीयता विरोधी' र 'बाहुनवादी' को आरोप पनि सबभन्दा बढी अचेल एमालेले खेप्नुपरेको छ। तर यस्ता आलोचनाका बाबजुद पनि पहिलो चरणको स्थानीय निर्वाचनमा एमालेले पाएको सफलताले के देखाउँछ भने अधिकांश जनताका निम्ति एमालेको आकर्षण अझै बलियो नै रहेछ। उसको सांगठनिक ढाँचा, पार्टीप्रति विशेष अनुराग भएका कार्यकर्ता र मतदाता आदि त यो उपलब्धिपछाडिका कारण होलान् नै। योबाहेक उसको उपलब्धिमा राष्ट्रवादसँग जोडिएका तत्वहरूले पनि उल्लेख्य भूमिका निर्वाह गरेकै देखिन्छ।

'हामी राष्ट्रवादभन्दा माथि उठेर सोंच्नुपर्छ' भन्नेखालका 'पोलिटिकल्ली करेक्ट' मानिने उत्तरआधुनिक नाराहरूको फेसन देशभित्र/बाहिर अलिअलि चले पनि 'राष्ट्रियता हाम्रा निम्ति महत्वपूर्ण छ र यसका बारेमा हामी चनाखो रहिरहनु आवश्यक छ' भन्ने जनताको बुझाइ रहेछ भन्ने देखिन्छ। राष्ट्रियताबाहेकका अन्य मुद्दामा तँछाडमछाड गर्दै आफुलाई 'पोलिटिकल्ली करेक्ट' देखाउन खोज्ने अन्य पार्टीबीचको होड र भारतीय शासकको मूर्खतापूर्ण असभ्य र सस्तो हेपाहा प्रवृत्ति आदिका कारण पनि एमालेको राष्ट्रियताको नारा थप आकर्षक भएको हुनसक्छ। एमालेका नेतागण आफैँ नै भने राष्ट्रियताका बारेमा कति स्पष्ट छन्, कति इमान्दार छन् भन्ने कुरा अर्कै हो, त्यो त समयक्रममा अझै स्पष्ट हुँदै जाला। तर उसलाई जनताले भोट दिनुले भने नेपाली जनताको राष्ट्रियताप्रतिको चासो र आशयलाई स्पष्ट पारेको मान्नुपर्छ।

यसपालिको चुनाव वरिपरिका जनअभिव्यक्ति र व्यवहारले देखाएको अर्को कुरा के हो भने जुनसुकै पार्टीका हुन् वा स्वतन्त्र हुन्, असल मानिसले गरेका राम्रा कामको जनताले साँच्चै कदर गर्ने रहेछन्। उदाहरणका लागि कुलमानप्रति जनताले देखाएको अपार स्नेह र गगनले गर्न चाहेका सुधारका प्रयत्नप्रति जनताको समर्थन उल्लेख्य थियो। तर राम्रा मानिसले गरेका राम्रा कामको सबै श्रेय प्रत्यक्ष वा परोक्षरूपमा तिनीहरू सम्बद्ध पार्टीलाई दिन भने जनता तयार देखिएनन्। राम्रा कामको श्रेय तिनै असल व्यक्ति वा संस्थाले पाएका छन्, सत्तामा रहेका प्रमुख दल माओवादी र कांग्रेसले हैन।

कुलमानको व्यवस्थापन क्षमता र सदाशयका कारण साँझ बत्ती बलेकोमात्रै हैन, त्यो बत्ती बलेका कारण मानिसका मनमा परेको सकारात्मक प्रभावको अत्यन्त ठूलो महत्व छ। सामान्य व्यवस्थापकीय गतिविधिले मात्रै पनि हाम्रो जीवनमा कति धेरै प्रभाव पार्न सक्ने रहेछ भन्ने कुरा स्पष्ट पारिदिएको छ। जीवनमा आएको ससानो सकारात्मक परिवर्तनले मानिसको मनोविज्ञानमा ठूलो प्रभाव पार्न सक्छ। केही वर्षयता हिउँदपछिको वसन्तमा प्रायः सडक तात्ने र तोडफोड, बन्द हुने गरेकामा यसपालि भने अझै त्यस्तो केही भएको छैन। आक्रोश र हिंसाका बीउ बग्रेल्ती यत्रतत्र भए तापनि अझै तिनको बिष्फोट भइसकेको छैन। शायद लोडसेडिङ घटेका कारण पनि जनतामा सामान्यतया देखिने आक्रोश र असन्तुष्टि– जो तोडफोड, बन्द, हिंसा आदिका निम्ति आवश्यक हुन्छ, यसपालि त्यति चुलिन पाएन कि! देशको अर्थतन्त्रमा पक्कै पनि लोडसेडिङ कम हुनुले उल्लेख्य सकारात्मक प्रभाव पारेको होला।

नेपाल प्रहरीले केही उल्लेख्य सुधारका काम थालेको छ। पहिले मापसे नियन्त्रण, त्यसपछि हर्न निषेध र अहिले आएर जेब्रा क्रसिङ र आकाशे पुल भएका ठाउँमा मनपरी बाटो पार गर्न नपाइने कुरालाई आमजनताले पुरै सहयोग गरेका छन्। सुधारका यी कामले पारेको मनोवैज्ञानिक/सांस्कृतिक प्रभावको अति ठूलो भूमिका छ। यो प्रभावलाई एक किसिमको क्रान्ति भनिदिए हुन्छ। उपत्यकाको सडकमा अचानक देखा पर्न थालेको लेन अनुशासन र सप्रिँंदै गएको चालक संस्कारले छिमेकका पाहुनासमेत इर्ष्यालु भएका सुनिएका छन्।

पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोगको मूर्खतापूर्ण र दुराशयतापूर्ण प्रयत्नको जनस्तरबाट जुन विरोध भयो, जनताको सशक्तीकरण र राज्यका गतिविधिमाथि जनताको चासोको अर्को महत्वपूर्ण उदाहरण थियो।

यी सबैको सन्देश हो– 'यो नेपाल हो, यहाँ केही हुँदैन?', 'के गर्ने?', 'हुन त हो, तर...' जस्ता निराशा र अन्धकार शब्दावलीलाई निषेध गर्दै अगाडि बढ्नुपर्छ, सकिन्छ। जनताले जहिले पनि बादलमा चाँदीको घेरा देखेकै हुन्छन्। राजतन्त्र अन्त्यताका दरबारिया राजनीति, अनेक संयोगले श्रीपेच लगाउन पुगेका ज्ञानेन्›को मनपरी र पुराना संसदीय पार्टीहरूको मूर्खताबाट वाक्कदिक्क भइसकेका जनताको मनमा माओवादीका अकल्पनीय क्रुरताका कथाले अझै अन्धकार थपेको थियो। तर त्यस्तो बेला पनि, सामाजिक न्यायका निम्ति पनि तिनले केही गरेका छन् भन्ने कुरालाई जनता आशा र सकारात्मकताका साथ हेर्थे। हतियार त्यागेर खुला राजनीतिको मूलप्रवाहमा आएपछि माओवादी र खासगरी प्रचण्डबारे जनताका मनमा कौतुहल मात्रै हैन, प्रशस्त अपेक्षा पनि थियो। सुरुसुरुका उनका अभिव्यक्तिले उनका प्रशंसकहरूको संख्या ह्वात्तै नबढाएको हैन। तर जनताको सामूहिक  विवेकमा लुकेको त्यो उज्यालोको सम्मान गर्न नसक्दा उनको लोकप्रियता कता गयो, कता? तथापि बेलाबेला देखिने उनका साना/ठूला सकारात्मक अभिव्यक्ति वा कामको प्रशंसा गर्न जनताले पटक्कै कन्जुस्याइँ गरेका छैनन्। भरतपुर काण्डबारे स्पष्ट हुँदाहुँदै पनि प्रचण्डले देउवा जस्ता नपत्याइएका मानिसप्रतिको वचनबद्धता पूरा गरेकामा समेत प्रशंसा पाएकै छन्।

जनताको सामूहिक विवेक र बुद्धि विभिन्न संकेतमा प्रकट हुन्छ। विभिन्न निर्वाचनका नतिजा पनि जनताको भाषा नै हो। तीन ठूला पार्टी आपसमा बाझेर रमाइरहेका छन्। तर तिनीहरूबीच कुनै तात्विक भिन्नता देखिन छाडेको निकै भइसकेको छ। ती बूढा र थोत्रा भएका छन्। त्यति हुँदाहुँदै पनि तिनले हिजो गरेका ठूला र महत्वपूर्ण कामलाई जनताले बेवास्ता गरेका छैनन्। नयाँ जन्मेका पार्टीको र पुराना पार्टीका फरक फरक वैशिष्ट्य छन्। तिनका सवल पक्ष फरक छन्। तिनका दुर्बल पक्ष पनि फरक छन्। उपत्यकामा विवेकशील तथा साझा पार्टीले पाएको मतको आफ्नो महत्व छ। प्रत्येक मतले यी नयाँ पार्टीलाई 'तिमीहरूको चिल्लो पात हामीले चिनिसक्यौं तर तिमीहरू योभन्दा ‰याङ्गिनुपर्छ, जरा अझै गहिरो गाड्नुपर्छ' भन्ने जनताको सन्देश करिब करिब सबैले सुन्ने र बु‰ने किसिमको छ।

जनताको सामूहिक विवेकले प्रायः जहिले पनि मार्गदर्शन गरिरहेकै हुन्छ। त्यो मार्गदर्शनलाई सही ढङ्गले नबु‰दा हो– जनतामा रहेको अपार ऊर्जा दुरुपयोग हुन्छ। कहिले देशभित्रैका शक्ति सैतानी शक्तिमा परिणत हुन्छन् र देशले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। कुनै बेला त्यो शक्तिको विदेशीले उपयोग गरिदिन्छन् र फेरि पनि देशले नै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। आशा गरौं, केही मानिसका मूर्खताका कारण अब यो देशले धेरे ठूलो मूल्य चुकाउनुपर्ने छैन।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...