coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ओली अनुपस्थित बैठकमा एमालेलाई प्रश्नः फेल भएपछि रिजल्ट मान्दिन भन्न पाइन्छ?

संसद भवनमा काँग्रेस सभापति देउवा। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई लिएर एमालेले सदन अवरुद्ध गरेपछि आइतबार बिहान सत्ता पक्ष र विपक्षी दलका नेताहरुको बैठक संसद भवन नयाँ वानेश्वरमा बसेको थियो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति एवं प्रधानमन्त्रीका एक मात्र उम्मेदवार शेरबहादुर देउवा र एमाले नेताहरु सहभागी थिए।

'तपाइँहरुले पहिला भरतपुरको मतगणनाबारे आयोगले छिटो निर्णय गर्नुपर्‌यो भनेर माग गर्नुभयो। आयोगले निर्णय पनि गर्‍यो अब त्यसलाई मान्दिन भनेर सदन अवरुद्ध गर्दै हुनुहुन्छ। यो त परीक्षामा फेल भएपछि परीक्षै रद्द गर्न माग गर्नु जस्तै भयो। यसो गर्न पाइन्छ?'

संसदको कार्यसूचि ११ बजेदेखिलाई तोकेको बेला नयाँ बानेश्वरमा बैठक बसेको थियो। संसद खुलाउने प्रयास स्वरुप भएको बैठकमा एमाले संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ, प्रमुख सचेतक भानुभक्त ढकालसहितका नेता सहभागी थिए।

'तपाइँहरुले पहिला भरतपुरको मतगणनाबारे आयोगले छिटो निर्णय गर्नुपर्‌यो भनेर माग गर्नुभयो। आयोगले निर्णय पनि गर्‍यो अब त्यसलाई मान्दिन भनेर सदन अवरुद्ध गर्दै हुनुहुन्छ। यो त परीक्षामा फेल भएपछि परीक्षै रद्द गर्न माग गर्नु जस्तै भयो। यसो गर्न पाइन्छ?'  माओवादी सांसद राम नारायण बिडारीले एमाले नेता समक्ष प्रश्न राखे।

पूर्व सभामुखसमेत रहेका नेम्वाङले कानुनको व्याख्या सुनाउँदै मतपत्र कब्जा वा नियन्त्रणमा लिएको अवस्थामा मात्र त्यो कानुनको धारा आकर्षित हुन सक्ने सुनाए। अायोगले निर्वाचन गर्ने वातावरण बनाउने कि भत्काउने? भन्ने उनले प्रश्न गरेका थिए। जनताको अभिमतमाथि अाक्रमण भएकाले यसको विरोध स्वभाविक भएको उनले बताएका थिए।

करिब आधा घन्टा जति भएको बैठकको अन्त्यतिर एमाले नेता ढकाल अलिक कडा रुपमा पेश भए। उनले भने, 'तपाइँहरु मनलाग्दी गर्ने भए। हामी त्यसको प्रतिकार गर्छौं।'

एमाले नेताहरुले प्रतिकारको चेतावनी दिएपछि देउवा र दाहालले अध्यक्ष केपी शर्मा ओलीबारे सोधीखोजी गरे। ओली संसद भवनमा थिएनन्। उनलाई नयाँ वानेश्वर बोलाउन प्रयास भयो। नेता नेम्वाङले ओली बालकोटमा भएको र अहिले आउन नभ्याउने जानकारी दिए। ओलीको निर्णय बिना संसद नखुल्ने देखिएपछि नेताहरु जर्‌याकजुरुक उठे।

नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएपछि अाज दिउँसो ३ बजेसम्मका लागि संसद बैठक स्थगित भएको जानकारी दिइयो।

एमालेको विरोधका कारण संसदमा आइतबार हुने भनिएको प्रधानमन्त्रीको निर्वाचन प्रभावित बनेपछि त्यसलाई खुलाउन प्रयास भएको हो। भरतपुर महानगरपालिकामा मतगणनाको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको सन्दर्भमा निर्वाचन आयोगले शनिबार पुनः मतदानको निर्देशन दिएको थियो। आयोगको निर्णयप्रति आपत्ति जनाउँदै एमालेले पार्टीभित्र निर्णय गरेरै त्यसविरुद्ध मोर्चाबन्दी सुरु गरेको हो। एमालेको विरोधले काँग्रेस सभापति शेरबहादुर देउवाको सत्तारोहण पछि धकेलिएको छ।

काम चलाउ प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र काँग्रेस नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेब जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह समर्थक राखेर देउवाले शनिबार प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका थिए।

प्रधानमन्त्रीका एक मात्र उम्मेदवार देउवाको पक्षमा स्पष्ट बहुमत छ।

प्रकाशित: २१ जेष्ठ २०७४ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App