coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चुनावले रङ्गीचङ्गी गाँउ–शहर

पाँचथर-दोश्रो चरणको स्थानीय तहको निर्वाचनको मिति सरे पनि विभिन्न पार्टीका नेता–कार्यकर्ताको सक्रियाता उत्तिकै छ। बर्खा याममा हुन लागेको चुनावमा निक्कै उत्साहका साथ प्रचार प्रसार भईरहेको छ। राजनीतिक दलहरु निक्कै आक्रामक प्रचारमा उत्रिदा गाँउ, सहर झण्डा, प्रचार समाग्रि तथा उम्मेद्वारका पोष्टरहरुले रङ्चङ्गी भएका छन्।

आचार संहिताको उल्घन गरेर भएपनि गाँउगाँउमा चुनाव प्रचारका नवितम शैलिहरु भित्रिएका छन्।

आफ्नै गाँउको नेता छान्ने चुनावमा आमनागरिक उत्साहित र मेहनत गरीरहँदा झण्डा राख्ने, पोष्टर टास्ने, प्रचारका नयाँ नयाँ शैलि अपनाउने प्रतिस्पर्धा देखिन थालेको छ। जिल्लाका आठ वटा स्थानीय तहका केन्द्र, जिल्लामा विभिन्न ठाँउमा रहेका दजर्नौ बजार तथा सदरमुकाम चुनावले गर्दा रङ्गीचङ्गी भएका छन् । घर घरमा झण्डा राख्ने अभियान चलाइएको छ । कुन बजारमा कस्को झण्डा बढि राख्ने भन्ने प्रतिस्पर्धा देखिन्छ।

घरघरमा झण्डा राखिएको छ । निर्वाचन आचार सहिता मिच्दै सार्वजनिक ठाँउमा समेत झण्डा गाडीएको छ। हरेक पार्टीका युवायुवती पार्टीको  टिर्सट र टोपिमा सजिएर मतमाग्दै गरेको देख्न पाईन्छ । मोटरसाईकल, सार्वजनिक सवारीका साधान, समाग्रि ढुवानीका साधानमा झण्डा राखिएको छ। गाँउमा घरघरमा आफ्ना नेता, कार्यकर्ता तथा समर्थकको घरमा झण्डा राख्ने अभियान चलाईरहेको देखिन्छ। निक्कै चर्को प्रचारमा दलका नेताहरु उत्रिएका छन्। भव्य मञ्च बनाएर सांस्कृतिक कार्यक्रम सहित आमसभा गर्ने चलनको समेत विकास भएको छ। गेटहरु बनाउने काम भएका छन्।

चुनाव लागेपछि बजार पुरै रङ्गीचङ्गी बनेको राँकेका केवल तामाङ बताउँछन्। ‘घरघरमा झण्डा र चुनाव चिन्ह राख्ने अभियाननै चलेको छ । एकै घरमा विभिन्न पार्टीमा हुनेहुदा तीनचार खालको झण्डा राखेको देख्न पाईन्छ’ तामाङले नागरिकसँग भने ‘वीस बर्ष पछिको स्थानीय निर्वाचनमा यतिको माहोल हुनै पर्यो। चुनावी प्रतिस्पर्धा अनुरुपनै चहलपहल बढेको छ।’ राँकेका घरघरमा झण्डा राखिएको छ । राँकेमात्र होईन रवि, सप्तमी, पञ्चमी, दशमी, च्याङ्थापु, फलैचा, गोपेटार, गणेशचोक, थर्पु, जोरपोखरी लागयतका बजार यतिखेर झण्डा र पोष्टरले सजिएका छन् । उम्मेद्वारको फोटो अङ्कीत पोष्टर ठाँउ ठाँउमा टासिएका छन् । कतिपय नियम मिच्दै फ्ल्याक्स, रङ्गीन पोष्टर समेत बनाएका छन् । सार्वजनिक ठाँउमा पोष्टर टास्ने, झण्डा राख्ने प्रतिस्पर्धा नै देखिने गरेको छ।

प्रकाशित: १९ जेष्ठ २०७४ १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App