५ वैशाख २०८१ बुधबार
राजनीति

लुम्बिनीबाट बेपत्ता भएका पूर्व कर्नेलबारे पाकिस्तानले भारतसँग औपचारिक जानकारी माग्यो

लुम्बिनीबाट बेपत्ता भएका पूर्व पाक कर्नेल हबिब

काठमाडौं—पाकिस्तानले नेपालबाट बेपत्ता भएका आफ्ना एक पूर्व सैन्य अधिकारीको अवस्थाबारे भारतसँग जानकारी माग गरेको छ। नेपालको लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका पूर्व कर्णेल मोहम्मद हबिब जाहिरको अवस्थाबारे इस्लामावादस्थित भारतीय मिसनसँग पाकिस्तान सरकारले औपचारिक रुपमा जानकारी माग गरेको हो।

पाकिस्तानले हबिबको खोजी गर्न नेपाल सरकारसँग आग्रह गरेको थियो। नेपालले उनीबारे अहिले पनि अनुसन्धान भैरहेको बताउँदै आएको छ। पाकिस्तानी सेनाको गुप्तचार संस्था आइएसआइका लागि पूर्व अधिकारी हबिब काठमाडौंबाट लुम्बिनी पुग्ने वित्तिकै बेपत्ता भएका थिए।

भारतीय सञ्चार माध्यमहरुले जासुसीको आरोपमा पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका भारतीय नौ सेनाका पूर्व अधिकारी कुलभूषण जादव प्रकरणको नयाँ ट्विट्सको रुपमा यसलाई व्याख्या गरेका छन्।

बेनामे सुरक्षा अधिकारीलाई उद्धृत गर्दै दिएको समाचारहरुमा जासुसीको अभियोगमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका पूर्व अधिकारी जादवको सुरक्षित रिहाइका लागि हबिबलाई भारतीय पक्षले अपहरण गरेको बताइएको थियो।

अन्तिम पटक गत चैत २४ गते भैरहवास्थित लुम्बिनी बिमानस्थलमा देखिएका हबिबबारे इस्लामावादले पहिलो पटक दिल्लीसँग जानकारी माग गरेको हो।

भारतीय पक्षले उनीबारे कुनै जानकारी नभएको जनाएपनि पाकिस्तानी सरकारले भने भारतीय गुप्तचार संस्था 'रअ' ले अपहरण गरी आफ्नो हिरासतमा राखेको बताउँदै आएको छ।

पाकिस्तानले हबिबको खोजी गर्न नेपाल सरकारसँग आग्रह गरेको थियो। नेपालले उनीबारे अहिले पनि अनुसन्धान भैरहेको बताउँदै आएको छ। पाकिस्तानी सेनाको गुप्तचार संस्था आइएसआइका लागि पूर्व अधिकारी हबिब काठमाडौंबाट लुम्बिनी पुग्ने वित्तिकै बेपत्ता भएका थिए।

हबिबको परिवारले नेपालमा राष्ट्रसंघमा प्रतिमहिना साढे ८ हजार अमेरिकी डलरको नोकरीको प्रस्ताव आएपछि नेपाल आएको बताएका छन्। त्यसका लागि हबिबलाई हबाइ टिकट समेत पठाइएको बताएको छ। पाकिस्तानी सञ्चार माध्यमहरुले हबिब भारतीय गुप्तचर संस्था 'रअ' को रोजगारीको जालमा पारेर अपहरण गरेको बताउँदै आएका छन्।

जासुसीको आरोपमा जादबविरुद्ध पाकिस्तानी सैनिक अदालतले मुत्युदण्डको सजाय सुनाएको बारे भारत र पाकिस्तानबीच द हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा कानुनी लडाइ जारी रहेको समयमा इस्लामावादले ‍औपचारिक रुपमा दिल्लीसँग हबिबको जानकारी मागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

 

प्रकाशित: १९ जेष्ठ २०७४ ०८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App