८ वैशाख २०८१ शनिबार
राजनीति

कार्यव्यवस्था बैठकमा एमाले-मा‌ओवादीको बाझाबाझ, सभामुखले डाकिन् शीर्ष नेता

काठमाडौं- नेकपा एमालेले संसद अवरुद्ध भएको स्थितिमा कुनै पनि कार्यसूची अगाडि नबढाउन सभामुख ओनसरी घर्तिमगरसँग आग्रह गरेको छ। सभामुख घर्तिमगरले डाकेको कार्यव्यवस्था बैठकमा एमाले सांसद राजेन्द्र पाण्डेले भने, 'भरतपुरमा मतगणना सञ्चालन नभएसम्म हामीले संसद् चलाउन दिँदैनौं। संसद अवरुद्ध भएको स्थितिमा कसरी कार्यसूची अगाडि बढाउन मिल्छ?'

संसद अवरुद्ध भएको स्थितिमा कार्यसूची अगाडि बढाउन नमिल्ने बताउँदै उनले प्रधानमन्त्री चयन प्रक्रिया पनि अवरुद्ध हुने बताए।

यता माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले कुनै पनि हालतमा कार्यसूची अगाडि बढाउनुपर्ने बताए। उनले प्रधानमन्त्री चयन गर्ने संसदको अधिकार भएको भन्दै कार्यसूची सार्वजनिक गर्न माग गरे। 'सरकार कामचलाउन भइस्कयो। हामीले दोस्रोचरणको निर्वाचन गर्नुपर्ने जिम्मेवारी छ। कहिलेसम्म कामचलाउ सरकारले देश चलाउने?,' उनको प्रश्न थियो। त्यसैले छिट्टै प्रधानमन्त्री चयनको कार्यसूची अगाडि बढाउनुपर्ने उनले माग गरे।

दुई दलको कुरा बाझिएपछि सभामुखले आजै ३ बजे शीर्ष नेताहरुको बैठक डाकेकी छन्। दिउँसो ३ बजे डाकेको बैठकमा शीर्ष नेताहरुको उपस्थिति रहनेछन्।

यसअघि बिहीबारदेखि नै बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको कार्यतालिका प्रकाशन गर्ने तयारी गरिएको थियो। तर एमालेले संसद अवरोध गरेपछि अन्तिम समयमा कार्यतालिका रोकिएको थियो।

संसद बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित: १९ जेष्ठ २०७४ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App