७ वैशाख २०८१ शुक्रबार
राजनीति

भरतपुरमा मतगणना सुरु नगरे आफैँ विजयी घोषणा गर्छौं : एमाले

उभिएर विरोध जनाउँदै एमाले सांसदहरु। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं—एमालेको विरोधका कारण बुधबार संसद बैठक अवरुद्ध भएको छ। माओवादी बुथ प्रतिनिधिले पतपत्र च्यातेपछि स्थागित भएको भरतपुरको मतगणना सुचारु गर्न माग गर्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन्।

'तत्काल मतगणना कार्य सुरु गरियोस्।अन्यथा निर्णय भए स्वयम् विजयी भएको घोषणा गरेर जान बाध्य हुनेछौं।'

एमालेको विरोधपछि भोलि बिहीबार १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको छ। संसदमा बोल्दै एमाले सांसद सुरेन्द्र पाण्डेले तत्काल मतगणना सुचारु गर्न माग गरे। 'च्यातिएको मतपत्रलाई जोडेर हेर्ने व्यवस्था गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। चुनाव भनेको कब्जा हो भन्ने र नतिजा प्रभावित पार्न त्यहाँ घटना घटाइयो, यो सार्वभौम अधिकारको बलात्कार हो', उनले भने,  'तत्काल मतगणना कार्य सुरु गरियोस्।अन्यथा निर्णय भए स्वयम् विजयी भएको घोषणा गरेर जान बाध्य हुनेछौं।'

भरतपुरमा जस्तै सबैतिर मतदान गर्दै जाने हे भने निर्वाचन आयोगले पाँच वर्षसम्म मतदानै मात्र गराइरहनु पर्ने उनले बताए।

पाण्डेले बोलेपछि एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। एमालेको विरोधपछि सभामुख ओनसारी घर्तीले भोलि १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको जानकारी दिइन्।
 

प्रकाशित: १७ जेष्ठ २०७४ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App