coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

भानुभक्तको सम्झनामा बेलायतमा नेपाली कविता प्रतियोगिता

लन्डन- भानुजयन्तीका अवसरमा बेलायतमा कविता प्रतियोगित सम्पन्न भएको छ। शनिवार रेडिंगमा आयोजित खुला नेपाली कविता प्रतियोगितामा पत्रकार फडिन्द्र भट्टराईले प्रथम पुरस्कार हासिल गरेका छन्।  रेडिंग नेपाली समाज बेलायत तथा एनआरएन युकेको भाषासहित्य विभागको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगिता बालबालिका र बयस्क गरी दुई भागमा बाँडिएको थियो । भट्टराईले बयस्कतर्फ बाजी मारे भने बालबालिकातर्फ रेडिंगकी आद्या भट्टराई उत्कृष्ट भइन् । उनले नेपाली र अंग्रेजी दुबै भाषामा दर्शकको मन लुट्ने गरी कविता बाचन गरेकी थिइन्।

बयस्कतर्फ नै मन्जु भण्डारीको कविताले दोस्रो पुरस्कार जित्यो । उनले नारीको अस्मिता र अस्तित्वलाई कविताका सुन्दर शब्दमा दिएको अभिव्यक्तिलाई दर्शक र निर्णायक दुबैले मन पराए । रेडिंगकै प्रखर कवि लक्ष्मी पौडेल तृतीय भइन् । उनका कवितामा दर्शक मन्त्रमुग्ध बनेका थिए ।

बालबालिकातर्फ आद्या भट्टराईपछि आगत खरेलको कविता दोस्रो ठहरियो । निहिता शर्माले तेस्रो स्थान हासिल गरिन्।

निर्णायक मण्डलको संयोजन गरेका प्रख्यात सञ्चारकर्मी एवं साहित्यकार खगेन्द्र नेपालीले बाचन गरिएका सबै कविता आफैमा उत्कृष्ट भएको र बालबालिकाहरूले उत्साहजनक ढंगले देखाएको सक्रियता प्रशंसनीय रहेको बताए । डा. रूपक श्रेष्ठ र प्राध्यापक सुमाया राईले नेपालीसँगै निर्णायकको भूमिका निभाएका थिए। डायस्पोरिक साहित्यबारे गहन विश्लेषण प्रस्तुत गर्दै रूपक श्रेष्ठले सुनाएको डायस्पोरिक कविताले सबैको मन जित्यो।

कार्यक्रमको संयोजन रेडिंग नेपाली समाजका महासचिब ओम अधिकारीले गरेका थिए भने सभापतित्व संस्थाकै अध्यक्ष मानबहादुर गुरुङले गरे । उपाध्यक्ष कृष्ण न्यौपानेले उपस्थित सबैलाई  मन्तव्यमार्फत स्वागत गरेका थिए।

प्रकाशित: ३ श्रावण २०७३ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App