८ वैशाख २०८१ शनिबार
अन्य

मत परिणाममा एमाले पहिलो, काँग्रेसलाई पछ्‌याउँदै माओवादी

काठमाडौं– आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत वुधबार दिउँसो सम्म १०३ तहको परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचमै कडा प्रतिष्पर्धा छ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र भने कांग्रेस र एमाले भन्दा पछि छ।

अहिले सम्मको मतपरिणाम अनुसार एमालेले ४२ स्थानको प्रमुखमा जित हासिल गरेको छ। यता नेपाली कांग्रेसले एमालेलाई पच्छ्याइरहेको छ। कांग्रेसले ३८ तहको नतिजा आफ्नो पक्षमा पारेको छ।

त्यस्तै माओवादीले १९ तहमा विजयी स्थान बनाएको छ । डोल्पा र मुस्ताङका तीन स्थानमा स्वतन्त्र उम्मेदवारले प्रमुख पदमा जितेका छन्। चौथो ठूलो दल राप्रपाले धादिङको रुवी भ्याली गाउँपालिकाबाट खाता खाेलेको छ। त

मतपरिणाम चार्टमा हेर्नुहोस्

एमाले विजयी स्थानीय तह
१) चामे गाउँपालिका मनाङ  लोकेन्द्र घले
२) नेस्याङ गाउँपालिका मनाङ, कान्छा घले
३) से फोक्सुन्डो डोल्पा   तासीतुन्दुक गुरुङ
४) काइके गाउँपालिका डोल्पा अंगद राना
५) घरपझोङ गाउँपालिका, मुस्ताङ आशबहादुर थकाली
६) मादी गाउँपालिका, कास्की बेदबहादुर गुरुङ
७) ठूलो भेरी नगरपालिका, डोल्पा गणेशबहादुर शाही
८) महांकाल गाउँपालकिा, ललितपुर रामचन्द्र दाहाल
९) ढोरचौर गाउँपालिका, सल्यान, चित्रबहादुर चलाउने
१०) फेदीखोला गाउँपालिका, स्याङजा, घनश्याम सुवेदी
११) शिवालय गाउँपालिका, जाजरकोट नरेन्द्रकुमार शाही
१२) तनहुँको देवघाटमा गाउँपालिका जित्ने दुर्गाबहादुर थापा
१३) गोसाईकुण्डमा रसुवा कैसान नुर्प तामाङ
१४) नारायण नगरपालिका रत्नबहादुर खड्का
१५) रुपा गाउँपालिका कांस्की, नवराज ओझा
१६) जिरी नगरपालिका, दोलखा, टंक जिरेल
१७) सिद्धलेक गाउँपालिका, धादिङ, प्रेमनाथ सिलवाल
१८) लिसंखुपाखर गापाउँपालिका, सिन्धुपाल्चोक, कमल नेपाल
१९) खानीखोला गाउँपालिका, काभ्रे, कृष्णबहादुर खुलाल
२०) महाशीला गाउँपालिका, पर्वत, राजु पौडेल
२१) कालिका गाउँपालिका, रसुवा, सीताकुमारी पौडेल
२२) गोसाइकुण्ड गाउँपालिका, रसुवा, कैसाङ नुर्पु तामाङ
२३) माछापुच्छे« गाउँपालिका, कांस्की, कर्ण गुरुङ
२४) ठाँटी काँध गाउँपालिका, दैलेख, धिर बहादुर शाही
२५) पिकल गाउँपालिका, सिन्धुली, धनश्याम कार्की
२६) आँधिखोला गाउँपालिका, स्याङजा, सुधिर पौडेल
२७) मकवानपुर गढी गाउँपालिका, विदुर हुमागाई
२८) उमाकुण्ड गाउँपालिका, रामेछाप, श्री बहादुर सुनुवार
२९) इन्द्रसरोवर गाउँपालिका, मकवानपुर, जीवन लामा
३०) मेवु गाउँपालिका, दैलेख, जंगबहादुर शाही
३१) गोकुल गंगा गाउँपालिका, रामेछाप, खड्क बहादुर सुनुवार
३२) हरिनास गाउँपालिका, स्याङजा, खिमनारायण मानन्धर
३३) कैलास गाउँपालिका, मकवानपुर, टेक मोक्तान
३४) आँधिचुली गाउँपालिका, हुम्ला, दल प्रधान
३५) डोर चौर गाउँपालिका, सल्यान, चित्र बहादुर चलाउने
३६) त्रिपुरा सुन्दरी गाउँपालिका, डोल्पा, ओम बहादुर राना
३७) धुनीवेसी नगरपालिका, धादिङ, बालकृष्ण आचार्य
३८) काठो खोला गाउँपालिका, बाग्लुङ, अमर थापा
३९) भेरी नगरपालिका, जाजरकोट, सिपी घर्ति
४०) फलेवास नगरपालिका, पर्वत, पदमपाणी शर्मा
४१) नेत्रावति गाउँपालिका, धादिङ, दुर्गा कुमार शाक्य
४२) थाक्रे गाउँपालिका, धादिङ, रामकुमार आर्चाय

कांग्रेस विजयी स्थानीय तह
१) नासोङ गाउँपालिका , मनाङ चन्द्र घले
२) लोमान्थाङ गाउँपालिका, मुस्ताङ सुवर्ण विष्ठ
३) नार्फु गाउँपालिका मनाङ मिङमाछिरिङ लामा
४) बाह्र गाउँ मुक्ति क्षेत्र गाउँपालिका मुस्ताङ, फेन्सोक छोप्तेन गुरुङ
५) थसाङ गाउँपालिका मुस्ताङ, बुद्धिप्रसाद शेरचन
६) कुशे गाउँपालिका, जाजरकोट, हरिचन्द्र बस्नेत
७) डुंमेश्वर गाउँपालिका दैलेख, नगेन्द्र मल्ल
८) बुङदीकाली गाउँपालिका, नवलपरासी, दुर्गाबहादुर राना
९) तमानखोला गाउँपालिका, बाग्लुङ, जोखलाल बुढा
१०) चुमनुब्री गाउँपालिका गोरखामा धनबहादुर गुरुङ
११) विनय त्रिवेणी गाउँपालिका, नवलपरासी डम्बरबहादुर जिसी
१२) पटारासि गाउँपालिका, लक्ष्मण बोहोरा
१३) सिंजा गाउँपालिका जुम्ला, देवलसिंह रावल
१४) पैयुँ गाउँपालिका, पर्वत, खगेन्द्र प्रसाद तिवारी
१५) चिङगाड गाउँपालिका, सुर्खेत, देवहादुर चन्द
१६) गल्कोट गाउँपालिका, बाग्लुङ, भरत शर्मा
१७) तिमाल गाउँपालिका, काभ्रे, सलामसिंह तामाङ
१८) बेथानचोक गाउँपालिका, काभ्रे, प्रेमबहादुर तिमल्सीना
१९) निशीखोला गाउँपालिका, बाग्लुङ, तारानाथ पौडेल
२०) हुप्सेकोट गाउँपालिका नवलपरासी, लक्ष्मी पाण्डे
२१) बारेकोट गाउँपालिका, जाजरकोट, महेन्द्रबहादुर शाह
२२) दादी गाउँपालिका, नुवाकोट, नारायण प्रसाद पाण्डे
२३) किस्पाङ गाउँपालिका, नुवाकोट, छत्रबहादुर लामा
२४) गोलन्जोर गाउँपालिका, सिन्धुली, पुष्पबहादुर कार्की
२५) त्रिवेणी गाउँपालिका, सल्यान, मानबहादुर डाँगी
२६) नौकुण्ड गाउँपालिका, रसुवा, नुर्पु साङबो
२७) उत्तरगया गाउँपालिका, रसुवा, उपेन्द्र लम्साल
२८) मध्य नेपाल गाउँपालिका, लमजुङ, रमेश कुमार पाण्डे
२९) अन्नपूर्ण गाउँपालिका, कास्की, युवराज कुवर
३०) खानीखोला, काभ्रे, गोपाल दलार्मी मगर
३१) वैतेश्वर गाउँपालिका, दोलखा, छवी लामा
३२) गण्डकी गाउँपालिका, गोरखा, होमबाहदुर लामा
३३) सिमिकोट गाउँपालिका, हुम्ला, पदम लामा
३४) खनियावास गाउँपालिका, धादिङ, रणबहादुर तामाङ
३५) बेनी नगरपालिका, म्याग्दी, हरि कुमार श्रेष्ठ
३६) मालिका गाउँपालिका, म्याग्दी, श्रीप्रसाद रोका

३७) बराहताल गाउँपालिका, सुर्खेत, तेजबहादुर बस्नेत

३८) सिरानचाेक गाउँपालिका, गाेरखा, राजु गुरुङ

माओवादी केन्द्र विजयी स्थान
१) मुसिकोट नगरपालिका रुकुम, देवीलाल गौतम
२) जुम्ला गुठिचौर गाउँपालिका, हरिबहादुर भण्डारी
३) कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका, डम्बर शाही
४) डोल्पा जगदुल्ला, नरसिंह रोकाय
५) हुम्लाको ताजाकोट, बागदल मल्ल
६) हिमा गाउँपालिका, जुम्ला, राजबहादुर शाही
७) मुड्केजुला गाउँपालिका, डोल्पा, दत्तबहादुर शाही
८) शिवालय गाउँपालिका, जाजरकोट, लालबहादुर थापा
९) दार्मा गाउँपालिका, सल्यान, निमबहादुर केसी
१०) मरिण गाउँपालिका, सिन्धुली, पानीराज बम्जन
११) सानी भेरी गाउँपालिका रुकुम, नरबहादुर पुन
१२) कुन्ज्योसोम गाउँपालिका ललितपुर, गोपिलाल स्याङताङ
१३) ताराखोला गाउँपालिका, बाग्लुङ, प्रकाश घर्ती
१४) बन्दीपुर गाउँपालिका, तनहुँ, पूर्ण सिंह थापा
 १५) बाग्मती गाउँपालिका, मकवानपुर, स्रिकेस घलान
१६) चनिखेल गाउँपालिका, हुम्ला, धनमान चौलागाई
१७) बागचौर गाउँपालिका, सल्यान, लोकबहादुर बुढाथोकी
१८) भेरी गाउँपालिका, जाजरकोट, ढकवीर लामा
१९) सानी त्रिवेणी गाउँपालिका, कालिकोट, डम्बर बहादुर शाही

स्वतन्त्र विजयी
१) लोप्साङ छिरिङ विष्ट, दालोमे मुस्ताङ (राजु)
२) तेम्बा गुरुङ, छार्का गाउँपालिका डोल्पा
३) डोल्पो बुद्ध गाउँपालिका, डोल्पा, तेम्बा गुरुङ

राप्रपा विजयी
१) रुवी भ्याली गाउँपालिका, धादिङ, रामसिंह तामाङ

 

प्रकाशित: ३ जेष्ठ २०७४ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App