coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चोरी भएको म्याकडोनाल्डको शालिक भेटियो

न्यु जर्सी–अमेरिकाको न्यु जर्सीमा रहेको म्याकडोनाल्डबाट गत महिनादेखि हराइरहेको रोनाल्ड म्याकडोनाल्डको पूर्ण कदको शालिक भेटिएको छ।

गत महिनादेखि हराइरहेको शालिक कहाँबाट भेटियो र कसले चोरेको थियो भन्ने विषयमा भने अधिकारीहरुले केही पनि जानकारी दिएका छैनन्।

हन्टरडन अदालतका अधिकारीले फाइभर सीसाबाट बनेको दुई सय पचास पाउण्डको क्लाउन क्यारेक्टरको बेन्चमा बसिरहेको उक्त शालिक क्लिन्टनमा रहेको म्याकडोनाल्डको रेस्टुरेन्ट अगाडिबाट हराएको बताए। उनीहरुले हराइरहको शालिक शुक्रबार भेटिएको बताएपनि अन्य जानकारी भने दिन अस्वीकार गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ।

रेस्टुरेन्ट मालिक फिल र डियान कोउरीले हराएर भेटिएको शालिकमा कुनै क्षति नभएको बताए । उनीहरुले शालिकलाई सुरक्षित स्थानतर्फ लाने योजना बनाएको र रेस्टुरेन्टको सुधार गर्दा शालिकलाई पुनः रंग रोगन गर्ने तयारी गरेको पनि बताए।

यसअघि शालिक चोरीका बारेमा जानकारी दिनेलाई पाँच सय अमेरिकी डलरको घोषणा गरिएको थियो।

प्रकाशित: २५ वैशाख २०७४ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App