coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रथम चौरी महोत्सवको तयारी तीव्र

तिम्बु पोखरी क्षेत्रमा पालिएको चौरी । तश्विर : गिरिराज बाँस्कोटा

पाँचथर – नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको  प्रथम चौरी महोत्सवको तयारी तिव्रताका साथ अघि बढाइएको छ । पशुपालनको परम्परमा लेकाली क्षेत्रका गोठमा पालिने चोरीको संख्या घट्दै जाँदा यसको महत्वलाई उजागर गर्नका लागि भन्दै महोत्सव आयोजना गर्न लागिएको हो।


पर्यटनलाई जोडेर उच्च पहाडी नेपाल–भारतको सिमानामा पर्ने चाररातेमा चौरी महोत्वसको आयोजना गर्न लागिएको हो । समुद्र सतहदेखि ३ हजार ५ सय ६० मिटर उचाईमा रहेको यो स्थानमा सुर्केथाम दुग्ध सहकारी संस्थाले ०७४ वैशाख १देखी ३ गतेसम्म चौरी महोत्सव आयोजना गर्न लागेको हो । लेकाली क्षेत्रमा चौरी पाल्ने चलन संस्कृतिको रुपमा विकास हुँदै गएकाले नेपालमै पहिलो पल्ट चौरी महोत्सव आयोजना गर्न लागिएको संस्थाका उपाध्यक्ष चन्द्रलाल नेपाल बताउँछन् । साथै वर्षेनी वैशाख १ गतेलाई चौरी उत्सवको रुपमा मनाउने योजना भएको समेत उनले बताए ।


नेपाल र भारतको सिमाना जिल्ला पाँचथर र ताप्लेजुङमा चौरी पाल्ने चलन छ । पछिल्ला दिनमा चौरी पाल्नेको संख्यामा गिरावट आइरहेको अवस्थामा महोत्सव गर्न लागिएको हो । सदरमुकाम देखि दुई दिनको सवारी यात्रामा पुगिने उच्च पहाडी क्षेत्रमा एक दिने महोत्सव हुन लागेको हो । चौरी पर्यटनको विकास, चौरीको दुग्धजन्य उत्पादनको आन्तरिक तथा वाह्य बजारको विस्तार तथा जैविक विविधताको संरक्षण, जडिबुटी उद्यान निर्माण गरी चरण क्षेत्रको दिगो व्यवस्थापनको पहल, लेकाली क्षेत्रमा पदमार्गको विकास, चौरी पर्यटनको विकास गर्ने आदि उद्देश्य महोत्सवको रहेको छ ।


महोत्सवमा चौरी सम्बन्धि विभिन्न स्टल राखिने छ भने याक राइडिङ तथा हर्स रेस प्रमुख आर्कषण हुनेछ । साथै चौरीजन्य परम्परागत क्रियाकलापको प्रदर्शनी, विभिन्न जातका ५ सय चौरीको प्रदर्शनी, जैविक विविधता संरक्षण सम्बन्धि चेतनामूलक कार्यक्रम तथा स्थानीय संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम राखिनेछ।


महोत्सवको जिल्ला वन कार्यालय, इसिमोड नेपाल, दिप ज्योती युवा क्लव, जिल्ला समन्वय समिति, फालेलुङ चौरी पालक कृषक समूह, पशु सेवा कार्यालय, मेची पर्यटन विकस समिति लगायतका निकायले प्रवद्र्धन गर्दैछन् । आठ लाख रुपैयाँ खर्चिएर गर्न लागिएको महोत्सवलाई जिल्ला वन कार्यालयले २ लाख, इसिमोडले २ लाख ५० हजार र जिल्ला समन्वय समितिले १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
 
 

 

प्रकाशित: १६ चैत्र २०७३ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App