coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

राष्ट्रवादको नयाँ कथन

नेदरल्यान्डको आम चुनावमा त्यहाँको ‘जुडो–क्रिश्चियन’ राष्ट्रवादी पार्टी सत्तामा आउला र त्यसले भूमण्डलीकरणविरुद्ध कदम चाल्ला भनेर चिन्तित भएका अमेरिका र युरोपबासीहरुले राहतको श्वास फेरेका छन्। उनीहरुका लागि डच चुनावले दूर क्षितिजमा चाँदीको घेरा देखाइदिएको छ। डच प्रधानमन्त्री मार्क रुटले मुस्लिमविरोधी प्रतिस्पर्धी गिर्ट वाइल्डर्सलाई पराजित गरेका छन्। गिर्ट वाइल्डर्सले नेदरल्यान्डको सीमा बन्द गर्ने, मस्जिदको ढोका लगाउने र कुरानमाथि प्रतिबन्ध लगाउने भन्दै सर्वसाधारणको मत मागेका थिए।

हामीले राष्ट्रभक्तिको नयाँ न्यारेटिभ बनाउन सक्छौँ, नयाँ संस्कृति, सम्बन्ध र समावेशी बनाउन सक्छौँ। भलै वाइल्डर्सले यस महिना चुनाव हारेका होऊन्, भलै ला पेनले फ्रान्समा आउँदो मे महिनामा हारुन्, उनका समर्थक र उनीहरु चाँडै यस पर्दाबाट हराउने छैनन्।

भिक्टोर अर्बानले अगुवाई गरिरहेको हंगेरीको फिडेज पार्टीदेखि फ्रान्सको राष्ट्रवादी मोर्चाकी मेरिन ला पेन अथवा अमेरिकाका डोनाल्ड ट्रम्पका समर्थक सबै ‘पपुलिस्ट’ (लोकरञ्जकवादी) हुन्। लोकरञ्जनवाद भनेको जनताको त्यस्तो राजनीति हो, जसले अभिजात वर्गले अँगालेको राजनीतिविरुद्ध हिँड्छ। तर कम्तीमा अमेरिकामा पारम्परिक रिपब्लिकन संरक्षणवादीसँग डोनाल्ड ट्रम्पको कुनै सरोकार छैन तर पनि उनको विचारधारा चर्चामा छ। उनले ‘मेनी भर्सेज फ्यु’ (अर्थात् थोरैका विरुद्ध धेरै) को विभाजन रेखा कोरेका छैनन्। भन्नुको अर्थ, बहुमतलाई अल्पमतले शासन गरिरहेको वा गर्ने कुरा उठाएका छैनन्। बरु उनले त राष्ट्रवादी भर्सेज भूमण्डलीकरणवादीको कुरा उठाएका छन्।

नयाँ कन्जरभेटिभ जर्नल अमेरिकन अफेयर्स नामक म्यागेजिनको पहिलो अङ्कमा लेखिएको थियो, ‘हाम्रा आम नागरिकका अन्तर्निहित सत्य विस्तार गर्नु हाम्रो ध्येय हुनेछ।’ जर्जटाउन विश्वविद्यालयका प्राध्यापक जोसुआ मिसेलले पत्रिकामा लेखेका थिए, ‘कन्जरभेटिभका कैयौँ पुस्ताले सोचेका थिए, प्रगतिवाद भनेको हाम्रो घरेलु सत्रु हो। अहिले उनीहरुले बल्ल नयाँ समस्याको कल्पना गर्न थालेका छन् र त्यो होः लोकरञ्जनवाद (पपुलिज्म)।’

मिसेलले वास्तवमा के तर्क गरेका थिए भने, अहिले जे भएको छ त्यो जनआन्दोलन होइन ‘बरु राष्ट्रिय सम्प्रभुताको नाउँमा विद्रोह’ थियो। राष्ट्र जोड्ने नाममा त्यस्तो विद्रोह, जसले नागरिकलाई एकअर्कामा बाँध्छ, नागरिकलाई नगर, सहर, राज्य र मुलुकसँग जोड्छ। मिसेलले वर्णन गरेजस्तो, अमेरिकामा राष्ट्रवादको जरा गहिरो गरी कसिएको छ। त्यसमा स्वेच्छिक संगठनले दिने दानको धनसमेत जोडिएको छ। यही कुरामा फ्रान्सेली राजनीतिज्ञ तथा लेखक एलेक्सिस डि टक्वेभिलले तर्कसंगत सार्वभौमिकताको फ्रान्सेली तथा अमेरिकी क्रान्तिको प्रतिरोधक शक्ति भनी टिप्पणी गरेका थिए।

यहाँ गुदी कुरा भनेको सीमाबीचका सम्बन्ध, संस्कृति र सम्पर्क छन्। सार्वभौमिकतालाई वैश्विक तहको साटो राष्ट्रिय तहमा व्यवस्थापन गर्दै जाँदा सीमा रक्षा गर्ने क्रम बढ्नेछ र समुदाय परिभाषित हुनेछन् तथा त्यसलाई व्यवस्थापन पनि गरिनेछ। सीमारहित अवस्था सिर्जना भए मानव समुदायलाई एकअर्कामा बाँध्ने सूत्र समुदाय अथवा उनीहरुको साझा संस्कृति होइन, उनीहरुको पहिचान मात्र हुनेछ। यसरी मिसेलले के तर्क गरेका छन् भने भूमण्डलीकरणवाद र पहिचानको राजनीति सँगसँगै जान्छन् र दुवैले राष्ट्रिय पहिचानको मामिलामा अलगाव महसुस गर्छन्।

जराविहीन ग्लोबलिस्ट (भूमण्डलीकरणवादी)को छाप लगाइनु सधैँ खतरनाक हुन्छ, जुन यहुदीहरुले भलिभाँती यस पीडालाई बु‰छन्। सोभियत संघताका यहुदीविरोधीले यहुदीलाई गरिने प्रमुख गाली भनेको नै ‘जराविहीन कस्मोपोलिटन (विश्व नागरिक)’ हुन्थ्यो। रुसका भ्लादिमिर पुटिनले हिजोआज पुनरावृत्ति गरेको रुसी राष्ट्रवादको आधार रुसी अर्डोडक्स चर्च, मदर रसिया (रुसी आमा) र स्लाभिक कृषि संस्कृति नै हो, जुन यहुदी विद्वानहरुविरुद्ध लक्षित छ।

संयुक्त राज्य अमेरिकामा कैयौँ ट्रम्प समर्थकहरुले अनुभूत गरेको परिहासपूर्ण दिक्दारीका कारण ग्लोबलिस्टलाई उत्तेजित पार्ने गरेका छन्। उनीहरुले ‘नैतिक पवित्रता’को आडमा नव आगन्तुकहरुप्रति रोष प्रकट गर्ने गरेका छन्, जुन बामपन्थीहरुको धर्म हो। सिलिकन भ्यालीस्थित प्रख्यात स्टार्ट अप कम्पनीका प्रमुख कार्यकारी साम अल्टम्यानले राष्ट्रपतीय निर्वाचनका बेला कैयौँ महिना अमेरिकाभर यात्रा गरेका थिए। उनले ट्रम्पका मतदातासँग कुराकानी गरेका थिए। कुराकानीको प्रतिक्रिया बामपन्थी खेमातिर ढल्कँदै ट्रम्पको विजयसम्म पुग्यो, अल्टम्यानसँग कुरा गर्नेहरु के भन्थे भने ‘वामपन्थीहरु दक्षिणपन्थीभन्दा बढी असहिष्णु छन्।’ अल्टम्यानको पर्यवेक्षणमा पाएको कुरा भने, ‘धेरै मानिसहरुमा रोष र शत्रुता देखियो। त्यसबाहेकका कुरा गर्ने हो भने सबैसँग मिठो कुराकानी भए।’

एक जनाले त उनलाई केसम्म भने भने, ‘हामीलाई असहिष्णु भन्न बन्द गर। हामीलाई बेकुप भन्न बन्द गर। हामी न त रंगभेदी हौँ न त बेकुप नै। हामीले बोलेका कुरा सुन, हामीले के भन्न खोजिरहेका छौँ त्यो बु‰ने प्रयास गर। अँ, सबैभन्दा ठूलो कुरा चाहिँ हामीलाई मजाकको विषय बनाउन छाड।’ यी भनाइमा आफूलाई हास्यपात्र बनाइएकोमा रोष छ, अति कल्पनाशीलताप्रति बदलाको भावना छ। उनीहरुमा चिडचिडाहट छ।

वर्तमान ह्वाइट हाउसका सल्लाहकारमा यस्तै किसिमको प्रतिक्रिया देख्न पाइन्छ। ट्रम्पका चुनावी अभियानका व्यवस्थापक केलिन कोनवेले ह्वाइट हाउसमा सल्लाहकारको नयाँ जिम्मेवारी पाएका छन्। उनको वेबसाइट प्रोफाइल (परिचय)मा लेखेकी छन्, ‘मैले तिनीहरुलाई बिर्सेकी छैन, जसले ट्रम्पको चुनावी अभियानको जिम्मा लिँदा पक्कै हरुवा हुनेछे भनेर गिल्ला गर्थे र सोहीअनुसारको तुच्छ व्यवहार गर्थे। उनीहरुको प्रवृत्ति पूर्णतया अशिष्ट वा अपमानजनक मात्र थिएन, बरु त्योभन्दा खराब थियो। यो उनीहरुको भद्रता नै मान्नु पर्छ, जसले उनीहरु तपाईंभन्दा उम्दा छु भनेर सोच्छन्।’

यसले जनाउँछ, वास्तवमा हामीले हाम्रा संवेदना, भावना र प्रश्न कसरी व्यवस्थापन गर्ने भनेर हामीले अझै धेरै कुरा सिक्न जरुरी छ। अमेरिकामा कानुनको विद्यार्थीको पहिलो वर्ष के सिक्छन् भने, हामीले हाम्रो प्राकृतिक अन्तर्ज्ञान (इन्ट्युसन)लाई कसरी दबाउने– एउटा खराब अवस्थाको कारका कारण दुर्घटना हुन्छ र एउटा बालक नराम्ररी घाइते हुन्छ भने यसमा दोषी कार निर्माता हुन्छ र उसले पैसा तिर्नुपर्छ– यो केका लागि गरिएको हो त? सचेतनापूर्वक विश्लेषण गरी बनाइएको यो नियमले सम्पूर्ण समाजलाई फाइदा पुर्‍याउनका लागि हो। त्यस तालिमको सामान्य अर्थ के हो भने उच्च शिक्षा पाएका ‘साम्भ्रान्तहरु’ जो प्रायः एकअर्कासँग सामाजिक रुपमा जोडिएका हुन्छन्, तिनले या त राजनीतिमा भावनाको भूमिका बिर्सन्छन् या जानाजान उपेक्षा गर्छन्। यो त्यतिञ्जेलसम्म मात्र हुन्छ, जबसम्म चुनावी अभियानका सल्लाहकारहरुले चम्किलो ‘फिल गुड हुने’ राजनीतिक विज्ञापनको धाराप्रवाह विज्ञापनले भर्दैनन्।

सम्बन्ध टुटेको या आफूलाई तिरस्कृत गरेको भावना सबैभन्दा शक्तिशाली संवेदना हो। यसले तथ्यहरुलाई बंग्याउँदै गहन कालो वैकल्पिक वास्तविकता निर्माण गर्ने गर्छ। यसलाई सामान्य लोकरञ्जनवादी कथाभन्दा पर रहेर हेर्नु आलोचनात्मक हुन्छ र यो बन्न जान्छ– कुलीन विरुद्ध भिड। जरा गाडिएको, अन्तर्सम्बन्धित राष्ट्रवाद भर्सेस पाखण्डपूर्ण स्वतन्त्र ग्लोबलिज्मले सधैँ समर्थन पाइरहन्छ। चाहे त्यो शक्तिमा बसेको व्यक्ति होस् या सुशिक्षित व्यक्ति होस्।

यसलाई राम्रोसँग कसरी सम्बोधन गर्ने त? यस किसिमको अस्तित्वलाई अस्वीकार नगर्नुस् अथवा कैयौँ परिवर्तनका बीचमा जरा गाढेर बस्ने इच्छा वा त्यसको वैधता अथवा राष्ट्रप्रतिको प्रेम र संस्कृतिप्रतिको प्रेमलाई तपाईंले कुनै प्रतिक्रिया नदिनुस्। कम शिक्षित व्यक्तिलाई हेयको नजरले नहेर्नुस्। यसरी नै हामीले राष्ट्रभक्तिको नयाँ न्यारेटिभ बनाउन सक्छौँ, नयाँ संस्कृति, सम्बन्ध र समावेशी बनाउन सक्छौँ। भलै वाइल्डर्सले यस महिना चुनाव हारेका होऊन्, भलै ला पेनले फ्रान्समा आउँदो मे महिनामा हारुन्, उनका समर्थक र उनीहरु चाँडै यस पर्दाबाट हराउने छैनन्।

स्लदर अमेरिकी स्टेट डिपार्टमेन्ट (२००९–२०११) मा पूर्व नीति तथा योजना निर्देशक थिइन्। उनी न्यु अमेरिका नामक थिङ्कट्याककी अध्यक्ष तथा प्रमुख कार्यकारी हुन् भने प्रिन्स्टन विश्वविद्यालयकी पोलिटिक्स एन्ड इन्टरनेसनल अफेयर्सकी प्रोफेसर एमेरिटा पनि हुन्। उनको ‘अनफिनिस्ड बिजनेसः विमेन, मेन, वर्क, फेमिली’ पुस्तक प्रकाशित छ।

प्रकाशित: १४ चैत्र २०७३ ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App