७ वैशाख २०८१ शुक्रबार
विचार

१५ मिनेट

मानिसको जीवनमा टाइमको ठूलो महत्व छ। महत्व के भनुँ, जीवन भनेकै टाइम हो। कसैलाई अस्पताल लगिएको छ र उनका बारेमा कसैले ‘यसको त टाइमै सकियो’ भन्यो भने त्यसको अर्थ हुन्छ, जीवन सकियो। टाइम सकिएपछि जीवन चल्दैन। त्यसैले मानिसको जीवनमा मिनेट–मिनेटकै ठूलो महŒव हुन्छ। पन्ध्र मिनेटको त झनै ठूलो महत्व हुने भयो।

अब संयोगको टाइम हेर्नोस्, हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहालज्यू यही टाइममा चीन जानुभएको छ। सुनिन्छ, चिनियाँहरू पनि टाइमका एकदमै पक्का छन्। हरेक काम उनीहरू टाइममा गर्छन्। काम टाइममा सुरु गर्छन्। अनि टाइमभित्रै सकाउँछन्। जति टाइम दिइएको हो, त्यो टाइममा तलमाथि गर्दैनन्। अहिलेको टाइममा उनीहरू टाइमप्रति कति सतर्क छन् भने हरेक टाइममा टाइमकै कुरा गरिरहेका हुन्छन्। तल तल मात्र होइन, माथि माथिसम्मै टाइमको महŒवलाई टाइममै बु‰ने काम गर्छन्। जुन देशमा जनतै टाइमप्रति यति सतर्क छ, त्यो देशको राष्ट्रपति झन् कति सतर्क होलान्? राष्ट्रपति सतर्क भएर त जनता पनि सतर्क भए होलान् नि! मेरो अनुमान छ, चिनियाँ राष्ट्रपति पनि हरेक काम आफूलाई दिइएको (अथवा आफूद्वारा लिइएको) समयभित्रै सम्पन्न गर्नुहुन्छ होला।

जस्तो, उहाँ बिहान उठ्नुहुन्छ। उठ्नेबित्तिकै बेड टी लिनुहुन्छ होला। बेड–टी खान उहाँलाई करिब १५ मिनेटको टाइम लाग्न सक्छ। बेड–टी भनेपछि बेडमै आउने टी हो। याने कि हल्का टी। त्यो पिउन उहाँलाई १५ मिनेट जति त लाग्छ नै होला। त्योभन्दा बेसी लगाउनु पनि भएन! जाबो बेड टीलाई किन १५ मिनेटभन्दा बढी समय दिनु?

त्यसपछि उहाँ शौचको लागि जानुहुन्छ होला। बिनाशौच त दिनभरि कसरी काम गर्नु! मलाई लाग्छ, शौचको लागि पनि उहाँलाई १५ मिनेट नै लाग्छ होला किनभने चिनियाँ राष्ट्रपतिजस्तो व्यक्तित्वको शौच हो। हल्काफुल्का त हुन्न होला। बरु त्यसपछि चाहिँ हल्काफुल्का हुने हो।

शौचपछि हल्का शारीरिक व्यायाम। त्यो पनि १५ मिनेट। त्यसपछि नुहाई। त्यो पनि १५ मिनेटकै होला। पूरा जिउमा पानी जो खन्याउनु पर्‍यो! त्यसपछि लुगा लगाउनु पर्‍यो। भित्री गन्जीदेखि मोजा र जुत्तासम्म लगाउँदा १५ मिनेट त कसो नलाग्ला! अथवा अलिकति थोरै पनि लाग्न सक्छ। यो समय अरुसँग समायोजन गरी मिलाउन सकिन्छ। लुगा लगाइसकेपछि ब्रेक फास्ट। त्यो १५ मिनेट भन्दा अलिकति बढी होला तैपनि औसतमा १५ मिनेट नै भनुँ!

हल्का पेट भरेपछि अलिकति नातिनातिनासँग खेल्न परिहाल्यो तर उहाँ अत्यन्त व्यस्त हुनुभएकाले धेरैबेर खेल्न पाउनुहुन्न। शायद त्यो पनि १५ मिनेट जति नै खेल्नहुन्छ होला। त्यो खेलपछि मुड फ्रेस गर्न अलिकति क्यान्डी क्रस पनि खेल्नुहुन्छ, नातिसँगै। तर व्यस्त हुनुभएकाले क्याण्डी क्रसलाई धेरै समय दिन सकिँदैन। दिए १५ मिनेट जति मात्रै होला।

घरमा कुकुर पालेको छ भने त्यसलाई पनि अलिकति समय दिन परिहाल्यो। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले त ह्वाइट हाउसमा कुकुर पनि पाल्नुभएको थियो। उहाँ कहिलेकाहीं कुकुरसँग खेलिरहेको फोटो पनि पत्रपत्रिकामा छापिने गर्छ। अब अमेरिकाभन्दा चीन के कम? अमेरिकी राष्ट्रपतिले कुकुर पालेपछि चिनियाँ राष्ट्रपतिले पनि कुकुर पाल्न परिहाल्यो। अमेरिकालाई टक्कर दिन पनि पाल्नु पर्‍यो। अतः अमेरिकालाई टक्कर दिन पालिएको कुकुरसँग पनि हल्का 'टिज' गर्नु परिहाल्यो। यसको लागि पनि उहाँसँग समय त धेरै छैन। उही १५ मिनेट जति मात्रै दिए हो।

यो सबै गृहकार्य सकिएपछि उहाँ जानु हुनेछ कार्यालय। चिनियाँ राष्ट्रपतिको कार्यालय सानो त पक्कै छैन होला। मूलढोकाबाट आफ्नो सचिवालयको ढोकासम्म पुग्न पनि कम से कम १५ मिनेट त कसो नलाग्ला? खुरुखुरु जानुभएन। कर्मचारीहरूलाई तहअनुसार हाई–हेलो भन्दै जानु पर्‍यो। कोही कोहीसँग त हात पनि मिलाउनु पर्ने हुन्छ होला। त्यहीबेला उहाँलाई कुनै काम विशेषले भेट्न स्वदेशी वा विदेशी व्यक्तित्वहरू आइरहेको पनि हुन सक्छ। समयाभावका कारण उनीहरूलाई त्यहींको त्यहीं सातसुत्त कुरा गरेर पठाइदिनु पर्ने पनि हुन सक्छ। त्यति गर्दागर्दै पनि १५ मिनेट जाने सम्भावना छ।

यसरी उहाँ बल्ल आफ्नो कार्यकक्षभित्र पुग्नुहुन्छ। र, त्यसपछि उहाँको काम सुरु हुन्छ। त्यहाँ चाहिँ उहाँले १५ मिनेट मात्रै समय दिन्छु भन्न मिल्दैन। महŒवपूर्ण काम गर्न कहाँ १५ मिनेटले पुग्छ? त्यसपछि त दिनभरि गइहाल्यो नि! आखिर टाइमको कुरा छ। गम्भीर कामका लागि गम्भीरतापूर्वक नै समय दिनुपर्छ। हल्काफुल्का कामको लागि हल्काफुल्कै समय निकाल्ने हो। टाइमको महŒवबारे चिनियाँ राष्ट्रपतिलाई हामीले सिकाउनुपर्छ र?

स्मरण रहोस्, हाल चीन भ्रमणमा रहनुभएका हाम्रा प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि चिनियाँ राष्ट्रपतिले १५ मिनेट नै भेट्ने समय दिनुभएको छ।

प्रकाशित: ११ चैत्र २०७३ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App