८ वैशाख २०८१ शनिबार
समाज

चैतमा पनि यस्तो चिसो !

पाँचथर-‘चैतमास खडेरीममा डडेलोले बनै खायो..’ भन्ने गीत चर्चित छ। तर यस पल्ट यहि चैत महिनामा खडेरीले हैन चिसोले शरीरलाई कटक्क खाईरहेको छ।

  भारपाकी खगेरन्द्रा देवि आचार्यले यस पल्ट पुष–माघको भन्दा चैतको चिसो बढि भएको महसुस गरेको सुनाईन। अच्चम गरी चैतमा चिसो बढेपछि चिसो हट्यो भनेर थन्काएका लुका निकालेर लगाउनु परेको सुनाईन। सोमवार अवेर नागरिकसँग गफिएकी आचार्यले चैतमा पनि यस्तो चिसो हुन्छ भनेर यस अघि अनुभव नगरेको उनले सुनाईन।

गत शुक्रवार पछि निक्कै चिसो बढेको छ । पूर्वका विभिन्न जिल्लामा हिमपातसँगै पानी बढेपछि अत्याधिक चिसो भएको छ। सामान्यता चैतदेखि गर्मिबढ्नु पर्ने हो तर चिसो बढेको छ । शनिवार लेकाली क्षेत्रमा भएको हिमपात अझै सुकेको छैन। सोमवार दिउँसो देखि झमझम पानी परेकाले थप चिसो बढेको हो। सडकमा चैतमा पनि आछिछ गर्दै हिड्नेहरु भेटिन्छन् । चैतमा हावहुरीसहित ठूलो पनी परेपनि यसपल्ट हिउँद झै तुहालो लाग्दै सिमसिम पानी परीरहेको छ । मौसम धुम्म छ । लेकाली क्षेत्रमा बाक्लो कुहिरो लागेको स्थानियहरुले बताए । समुद्रसतह देखि १ हजार २ सय ३० मीटर उचाईमा रहेको फिदिममा चैतमा पनि पुष– माघ झै चिसोको अनुभव भईरहको छ।

यस पल्ट हिउँदमा पनी परेको थिएन । पानी नपरेकाले पुष–माघमा त्यति धेरै चिसो अनुभव गरीएको थिएन । पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम लगायतका जिल्लामा अत्याधिक चिसोको अनुभव भईरहेको छ । चैतमा यति सारो चिसो भएको अनुभव आफूले पहिलो पल्ट गरेको रविका सगुन सुसाराले बताए । पानि रोकिएपछि चिसो सिरेटोसमेत चल्दैँ छ । यस पल्ट अचम्म गरी चैतमा हिउँ परेको छ। बस्तीसम्म हिउँ आएको हो । चार–पाँच फिट हिउ परेको पौवाभञ्याङका प्रताप राईले बताए । हिउँपरेपछि बढेको चिसो पानी थपिएपछि थप भएको हो । यसपल्ट विगत धेरै बर्षबपछि बस्तीसम्म हिउँपरेको छ। उच्च पहाडी क्षेत्रमा सोमवार पनि हिउँपात जारी छ।

चिसोबढेपछि सदरमुकाम फिदिम लगायतका बजार क्षेत्रमा चहलपहल घटेर गएको छ । सवारी साधन कम चलेका देखिन्छन् भने मानविय चहपलह पनि कम छ । बाक्ला लुगालगाएर  पानीपरेसँग विद्युत अवरुद्ध हुँदा जनजिवन कष्टकर बनेको छ । कतिपयले जलवायु परिवर्तनको असर भएको दाबि गर्दैछन् । फाल्गुन २७ र २८ गते पश्चिमवाट दुईवाटा मौसम प्रणाली भित्रिएपछि केहिदिन बर्षा भएको थियो।

लामो समय पछि पानी परेपछि कृषकहरु भने खुसि देखिएका छन् । मुख्य नगदेवालिको रुपमा रहेको अलैचीलाई पानी चाहिने वेला हो यो । हिउँदामा सुख्खा भएर खेती लगाउन कृषकहरुले सकिरहेका थिएनन्। मकै, अदुवा लगाउने, हिउँदे धान रोप्ने बेलामा पानी परेकाले कृषमा खुशी छाएको देखिन्छ । अब खेतीमा व्यस्त हुन पर्ने दिन आएको राईले बताउँछन्।

प्रकाशित: ७ चैत्र २०७३ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App