coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
ब्लग

'डा.केसीलाई मेरो समर्थन किन?'

कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा तथा नेविसंघ नेता कुञ्दन काफ्ले डा.केसीको मागमा ऐक्यबद्धता जनाउँदै।

शिक्षामा जनताको पहुँच हुनुपर्छ र त्यसलाई राज्यले सुनिश्चित गर्नुपर्छ। शिक्षा धेरै विधा छन्। ती मध्ये पनि मेडिकल शिक्षाको महत्व हाम्रो देशमा अझ बढी छ। साँच्चै मेडिकल शिक्षा जनताको पहुँचमा छ? यसलाई माफियाको हातमा पुर्‍याउँदा के परिणाम देखिन्छ भन्ने कुरा अहिले देखिन थालेको छ।

५० लाख रुपैयाँ बुझाएर डाक्टर बनेको व्यक्ति गुगल सर्च नगरी रोगको नाम र लक्षण भन्न जान्दैन। औषधि प्रेस्किप्सन लेख्न जान्दैन। यो अवस्थामा तपाइँ कसरी आफ्नो शरीर डाक्टरलाई सुम्पिने? के हामीले चाहेको यस्तै चिकित्सक हो? यस्तै डाक्टर हो? अर्को तर्फ गाउँमा जनता डाक्टरको अनुहार नदेखि मृत्युवरण गर्न विवश छन्। यस्तो अवस्था कसरी हुन पुग्यो? यसको जड कारण के हो भन्ने कुरा खोज्नेहरु डा.केसीको अनसनका मागहरु त्यहीँ लिङ्क भए आउँछन्।

मेडिकल शिक्षालाई माफियाको नियन्त्रण बाहिर ल्याउन डा.केसीले अनसन बस्नुको भएको हो। मेडिकल शिक्षाका बेथितिमा सुधार ल्याउनुपर्छ भन्दा किन यत्रो टाउको दुःखाइ हो? मैले यहाँ केही छिन् अघि यहाँ (शिक्षण अस्पतालमा) मनमोहन मेडिकल कलेजका व्यक्तिहरुको उपस्थिति देखेँ। उनीहरु डा.केसीका मागको प्रतिरोध गर्न आएका रहेछन्। अस्पतालमा अनसन बस्न पाइँदैन भनेर उनीहरु कराए। विरोधाभाष के देखियो भने अस्पतालमा अनसन गर्नु हुँदैन भन्नेहरु चाहिँ नाराबाजी गरिरहेका थिए। के अस्पताल नाराबाजी गर्ने ठाउँ हो?

मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठानको रुप दिएर मेडिकल शिक्षा मर्यादित गर्ने कामलाई चोर बाटोबाट छल्ने प्रयास भइरहेको छ। अहिले डा.केसीको अनसन यसलाई रोक्न केन्द्रित हुनु सामान्य कुरा हो। प्रतिष्ठान अन्तर्गत वीर अस्पताल चलेको छ। मनमोहन मेडिकल कलेजका सञ्चालक एमाले नेताहरु छन्। र यसको उद्देश्य नितान्त नाफा कमाउनु हो। यसलाई कसरी प्रतिष्ठान बनाउन मिल्छ?

टिचिङ अस्पतालका एमाले समर्थित व्यक्तिहरुलाई पनि डा.केसीको अनसनविरुद्ध उभ्याइएको छ भन्ने सुनेको छु। यसबाट बुझ्न सकिन्छ डा.केसीको अनसनको विरोध किन भइरहेको छ र कसले गरिरहेको छ। सरकारले जुन तरिकाले अनसनस्थलमा मान्छे पठाएर यसलाई खलबल्याउन खोजिरहेको छ यो वास्तवमा दुस्प्रयास भइरहेको छ। यसले डा.केसी मुद्दाको सम्वेदनशीलता अझ प्रस्ट्याए जस्तो लाग्छ।

मेडिकल कलेज खुल्नु हुँदैन भनेर डा.केसीले भने जस्तो लाग्दैन। यसलाई व्यवस्थित गर्नुपर्छ, यसलाई मर्यादित बनाउनुपर्छ भन्दा एमालेको कोकोहोलो किन? यसका पछाडि पनि कारणहरु छन्। किनभने एमाले सांसदहरु आफैँ व्यापारी छन्। अहिले सरकारले ल्याएको शिक्षा ऐनमा पनि त्यही व्यापारिक स्वार्थ प्रतिविम्बित भएको छ। नयाँ विद्यालय खोल्न प्रतिबन्ध लगाइनु के हो त? यसको लहरो खोज्दै जाने हो भने त्यसमा शैक्षिक माफियाहरुसम्म पुगिन्छ।

मेडिकल शिक्षाको कुरा गर्दा मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठानको रुप दिएर मेडिकल शिक्षा मर्यादित गर्ने प्रयासलाई चोर बाटोबाट छल्ने प्रयास भइरहेको छ। अहिले डा.केसीको अनसन यसलाई रोक्न केन्द्रित हुनु सामान्य कुरा हो। प्रतिष्ठान अन्तर्गत वीर अस्पताल चलेको छ। मनमोहन मेडिकल कलेजका सञ्चालक एमाले नेताहरु छन्। र यसको उद्देश्य नितान्त नाफा कमाउनु हो। यसलाई कसरी प्रतिष्ठान बनाउन मिल्छ? सत्ता मुठीमा लिएर गरिएको यो नीतिगत भ्रष्ट्राचार हो। अब एमालेले भन्ने बेला आएको छ हामी राज्य सञ्चालक हौं कि व्यापारी हौं? माफियाका संरक्षक हौं कि जनताका सेवक हौं?

त्यसैले यो गलत कार्यको बचाउका लागि एकजना इमान्दार डाक्टरले सुरु गरेको सत्याग्रहमा मेरो समर्थन छ। मैले राजनीति गर्ने नेपाल विद्यार्थी संघका युवाको समर्थन छ। यो गलत कार्यविरुद्ध शंखघोष गर्ने डा.गोविन्द केसीलाई हाम्रो समर्थन छ।

(नेविसंघ नेता कुञ्दन काफ्लेसँग डा.केसीको अनसनस्थल त्रिवि शिक्षण अस्पतालमा नागरिकन्युजका कृष्ण ढुंगानाले गरेको कुराकानीमा आधारित)

प्रकाशित: २६ असार २०७३ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App