coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानले हिन्दु विवाहलार्इ कानुनी मान्यता दिँदै

इस्लामाबाद– पाकिस्तानमा हिन्दु विवाहलाई कानुनी मान्यता पाउने भएको छ। कूल जनसंख्यामा २ प्रतिशत जनता हिन्दु धर्मावलम्बी रहेको पाकिस्तानमा हालसम्म हिन्दु बैवाहिक परम्पराले कानुनी मान्यता पाएको थिएन । 

हिन्दु विवाह सम्बन्धी कानुन बनाउनका लागि तर्जुमा गरिएको विधेयक संसद लगिने भएको हो।   उक्त विधेयक एक साताभित्रै संसदबाट पारित भएर कानुनी मान्यता पाउने पाकिस्तानी सरकारको विश्वास छ। 

संसदले पारित गरेको विधेयकलाई राष्ट्रपतिले अनुमोदन गरेपछि मात्र त्यो कानुनका रुपमा कार्यान्वयनमा आउने छ। नेशनल एसेम्बली (पाकिस्ताकको तल्लो सदन)ले उक्त विधेयकलाई गत वर्ष नै अनुमोदन गरिसकेको थियो। जसलाई माथिल्लो सदन अर्थात् सीनेटले केही परिमार्जन गरेर फेरि पनि नेशनल एसम्वेलीमा पठाएकाले कार्यान्वयनमा ढिलाइ भएको थियो ।

उक्त विधेयक तल्लो सदनमा व्यापक छलफल पश्चात पारित भएको थियो। पाकिस्तानको शिध प्रान्तमा सबैभन्दा बढी हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता छ। 

 

प्रकाशित: २८ फाल्गुन २०७३ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App