coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घुम्तीमा ब्रेक नलाग्दा दुर्घटना, २२ को मृत्यु, ४० घाइते

सडकवाट  २ सय मिटर तल पासागाड खोलामा खसेको वसको अवस्था।  वस खसेको भीरमा  मृतक र घाइतेको उद्धारमा   सक्रिय नेपाली सेनाका  जवानहरु।  घाइतेलाइ  उपचारका लागि जिल्ला अस्प्ताल  लिदै   सेनाका जवानहरु। जिल्ला अस्पतालको खुल्ला चौरमा दुर्घटनाका  घाइतेहरुको    अव्यवस

जाजरकोट- जाजरकोटमा बिहीबार यात्रुवाहक बस दुर्घटना हँुदा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० घाइते छन्। तीमध्ये २८ को अवस्था 'गम्भीर' छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेश रिमालका अनुसार लहँ–४ का रामबहादुर बस्नेत, सीमा–९, स्यापीका मदन पुन र भेरीमालिका नगरपालिका–४ बोहराका  नवीन चन्दको मात्र सनाखत भएको छ।

सदरमुकाम खलंगाबाट  साल्मा गाविसको खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरको बस  खलंगाकै बोहरास्थित मूलसडकबाट २ सय मिटर तल पासागाड खोलामा खसेको थियो। बसमा कति यात्रु थिए, यकिन हुन सकेको छैन।

धकेलेर स्टार्ट गर्नुपर्ने हालतको उक्त बस घुम्तीमा ब्रेक नलागी नियन्त्रणबाहिर गएको र सिधै खोलामा खसेको जिल्ला अस्पताल, जाजरकोटमा उपचार गराइरहेका भेरीमालिका नगरपालिका–१२ भारतीगाउँका चन्द्रबहादुर भारतीले सुनाए।

'तीव्र गतिमा गुडिरहेको उक्त बस चालक टोपबहादुर चन्दले मोड्न खोज्दा सडकबाहिर गइसकेको थियो',  भारतीले नागरिकसँग भने, 'बस भीरबाट खसेपछि म कसरी बाँचेँ, थाहै भएन।'

माथिल्लो सडकबाट बस भीरमा ठक्कर खाँदै खसेको नजिकै बाख्रा चराइरहेकी खलंगा, बोहराकी बिन्दु चन्दले बताइन्। दुर्घटनामा परेका त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ११ का मदन पुनको कराउँदाकराउँदै रुखले चेपिएर मृत्यु भएको उनले बताइन्।

दुर्घटनामा घाइतेको अवस्था निकै गम्भीर रहेको र उनीहरुलाई तत्काल नेपालगन्ज या काठमाडौं नपुर्‍याए  धेरै मानवीय क्षति हुन सक्ने  स्थानीय नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए।

गम्भीर घाइतेको उद्धारका लागि पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले हेलिकप्टर व्यवस्था गर्न पहल गरे पनि सम्भव हुन सकेन। बिरामीलाई जिल्ला अस्पतालको खुला चौरमा  अव्यवस्थित तरिकाले उपचार गरिएको छ। ५० शऒ्ढयाको अस्पताल भनेपछि १० जना बिरामीको एकैपटक उपचार गर्न नसकिने भएपछि बस दुर्घटनाका ४० बिरामीलाई  खुला चौरमा अव्यवस्थित तरिकाले उपचार गर्नुपरेको स्वास्थ्यकर्मी बताउँछन्।

अस्पतालका शऒ्ढयामा बिरामी राख्ने ठाउँ र बेड नभएपछि खुला चौरमा राखेर  उपचार गर्नुपरेको  जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. भूपेन्द्रप्रकाश मल्लले बताए। २८ जनालाई रेफर गरिएको बाँकीको जिल्ला अस्पतालमै उपचार भइरहेको मल्लले बताए।

दुई वर्षअघि २०७१ मंसिर ४ मा पनि भुर गाविसको रावतगाउँमा सडकबाट बस भेरीमा खस्दा ५४ जनाको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए। चालकको लापरबाही र सरकारी बेवास्ताका कारण सडक दुर्घटना दोहोरिने गरेको सर्वसाधारणको भनाइ छ।

प्रकाशित: २७ फाल्गुन २०७३ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App