८ वैशाख २०८१ शनिबार
समाज

आशाको उपचारको लागि सात लाख सहयोग संकलन

पाँचथर- फिदिम नगरपालिका– ८ चोगमागुकी २१ बर्षिय आशा तुम्बापोको उपचारमा ७ लाख २१ हजार ३ सय ८१ रुपैयाँ आर्थिक सहयोग जुटेको छ। आन्द्रामा ट्युमर पलाई अप्रेशन गर्ने क्रममा तुम्बापो समाज सेवा, नेपालको संयोजनमा यतिको सहयोग गरीएको हो।

आर्थिक अवस्था कमजोर भएपछि उपचारका क्रममा पैसा अभाव भएपछि गत पुष देखि समाजले देश तथा विदेशमा रहेकाहरुसँग यतिको सहयोग जुटाइएको हो। एपेण्डीसाईट ट्युमर, आन्द्रा कुहिएको गरी तीनवटा अप्रेशन गरी तुम्बापोको उपचार गरीएको थियो। आर्थिक अवस्था दयनीय भएपछि समाजले आर्थिक सहयोग संकलन गरेको अध्यक्ष यामकुमार तुम्बापोले बताए। अभियाननै सञ्चालन गरेर यतिको रकम संकलन भएको उनले बताए। उपचारका क्रममा ५ लाख ५० हजार रुपैयाँ खर्च भईसकेको छ । बाँकि रकम थप उपचारका लागि खर्च गर्न खाता खोलेर बैँकमा राखिएको छ । मंगलवार पछिल्लो पल्ट संकलन भएको २९ हजार ७ सय ७७ रुपैयाँ आशालाई हस्तान्तरण गरीएको छ।

यहि अवसरमा हालसम्म संकलित रकमको विवरण सार्वजनिक गरीएको थियो । उपचारका लागि तुम्बापो सेवा संघ दक्षिण कोरीयवाट २ लाख ७७ हजार, मलेशियावाट १ लाख ९ हजार, संघ वेलायतवाट १ लाख एक हजार सहयोग भएको छ । विदेशमा रहेको तुम्बापोहरुले बढि सहयोग गरेका छन् । आशाको उपचारका लागि हालसम्म १८ जनाले सहयोग गरेका छन् । छोटो अवधिमानै यतिको रकम जुटेको तुम्बापोले बताए । तीन–चार लाख रुपैयाँ सहयोग उठ्ने आश गरीएपछि ७ लाख २१ उठाउन सफल भएको उनले बताए । उपचारका लागि पैसा अभाव भएकोवेला सहयोग गरेर जीवन रक्षा गरिदने सवैलाई आशाले धन्यवाद ज्ञापन गरीन । सहयोगीहरुको योगदानलाई शब्दमा प्रसंसा गर्न नसक्ने उनको भनाई थियो ।

 

प्रकाशित: १७ फाल्गुन २०७३ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App