coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

संविधान संशोधनमा मोर्चाले लियो अड्डी, दल दर्ता पनि नगर्ने

तमलोपा कार्यालयमा मोर्चाको बैठक। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- मधेसी मोर्चाले परिमार्जन सहित संविधान संशोधन विना निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। निर्वाचनबारे आधिकारिक धारणा बनाउनु तमलोपा कार्यालय बिजुली बजारमा बसेको बैठकले संविधान संशोधन विना निर्वाचनमा जानुको औचित्य नभएको ठहर गरेको हो।

'यही अवस्थामा निर्वाचनमा जानुको औचित्य छैन', सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, 'संविधान संशोधन विना निर्वाचनमा पनि जाँदैनौ, दल पनि दर्ता गर्दैनौ।'

'यही अवस्थामा निर्वाचनमा जानुको औचित्य छैन', सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, 'संविधान संशोधन विना निर्वाचनमा पनि जाँदैनौ, दल पनि दर्ता गर्दैनौ।'

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाको आधिकारिक धारणा मागेका थिए। प्रधानमन्त्रीले संविधान संशोधन प्रक्रिया फेल हुने सम्भावना छ यसलाई स्थगन गरेर जाँदा के हुन्छ ? यो फेल भयो भने चुनाबमा जाने कि नजाने भन्दै मोर्चासँग आधिकारिक धारणा माग थिए।

 प्रधानमन्त्रीलाई पनि यही जवाफ दिएको कर्णले नागरिक न्युजलाई बताए। 'प्रधानमन्त्रीलाई पनि यही जवाफ दिएका छौं', कर्णले भने, 'उहाँले फेरी भोली बोलाउनु भएको छ। छलफल र सम्वाद जारी छ।' सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने मोर्चाले कुनै निर्णय लिएको छैन।

 

प्रकाशित: १७ फाल्गुन २०७३ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App