६ वैशाख २०८१ बिहीबार
प्रवास

बेलायत कांग्रेसको एकता अधिवेशन हुने

काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन अगामि जुलाई महिनामा हुने भएको छ।   

आइतवार लण्डनस्थित हिमालय क्लवमा सम्पन्न एक भेलाले जुलाई महिना भित्र एकता महाअधिवेशनको मिति तोक्दै लामो समयदेखि थाँती रहेको विवादलाई अन्त्य गर्ने सहमति गरेको हो।

समितिका सल्लाहाकार चिरन्जिवी ढकालको पहलमा सम्पन्न भेलामा बेलायतस्थित जनसम्पर्क समितिका बिभिन्न गुटउपगुटका नेता तथा कार्यकताहरुको उपस्थिती थियो। भेलाले अधिवेशन सम्पन्न गर्नका लागि सभापति लोक गुरुङको संयोजकत्वमा एक अधिवेशन आयोजक समिति गठन गरेको छ।

समितिको अन्य सदस्यमा विनोद मोक्तान, विज्ञान प्रसाई र चेतनाथ खनाल छन । यसअघि खनालले आफ्नै नेतृत्वको छुट्टै जनसम्पर्क समितिको मोर्चा बनाएका थिए।

समितिको सन २००९ मा सम्पन्न अधिवेशन प्रकृयालाई लिएर असहमति जनाउँदै विज्ञान प्रसाई समूहले सभापति लोक गुरुङको विरुद्धमा गतिविधी संचालन गर्दै आएका थिए।

यसअघि नेपाली कांग्रेसका केन्द्रिय नेताहरुको उपस्थितिमा विवाद मिलाउन विभिन्न प्रयास भएपनि सफल हुन सकेको थिएन। आइतवारको भेलाको निर्णयले बेलायतस्थित नेपाली कांग्रेसको पटकपटक हुदैं आएको विवाद पूर्णरुपमा अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ फाल्गुन २०७३ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App