coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पाँच वर्षभित्र ‘फास्ट ट्रयाक’को निर्माण सक्न सरकारलाई निर्देशन

काठमाडौं- व्यवस्थापिका संसदको लेखा समितिले पाँच वर्षभित्र काम सक्न सरकारलाई निर्देशन दिएको छ। समितिले आउँदो २०७७/०७८ सालभित्र निमार्ण सकिने गरी फास्ट ट्रयाकको काम अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो।

मंगलबार सिहंदरबारमा बसेको समितिको बैठकले चालू आर्थिक वर्षभित्र बोलपत्र आह्वान गरेर ठेक्का लगाईसक्ने निर्णय पारित गरेको छ। समितिले अर्थ मन्त्रालयलाई आवश्यक रकम व्यवस्थापन गर्नसमेत निर्देशन दिएको छ।

त्यस्तै बाँकी जग्गा अतिग्रहन यसैवर्ष सकिने र इपिसी मोडल सिफारिस गर्न समितिले सासंदहरुसँग छलफल गने भएको छ। समितिले भारतीय कम्पनी वित्तीय परियोजना प्रतिवेदन दिने सम्बन्धमा छिटै निर्णय लिन निर्देशन दिएको छ।

यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ संयोजक रहेको समितिले आफ्नै स्रोतमा आयोजना बनाउन सिफारिस गरेको थियो।

प्रकाशित: १७ फाल्गुन २०७३ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App