coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘मिस फायर’ हुँदा प्रहरी घाइते

इलाम– जिल्ला प्रहरी कार्यालयमा गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। 

देब्रे हातको पातोमा गोली लागेर कार्यालयमै कार्यरत जवान ओमप्रकाश ठाकुर घाइते भएको प्रहरीले जनाएको छ। झापाको बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा घाइते ठाकुरको उपचार भइरहेको छ।

बुधबार बिहान बन्दुकको चेम्बरमा गोली रहेको पत्तो नपाउँदा ‘मिस फायर’ भएर जवानलाई लागेको डिएसपी महेन्द्र श्रेष्ठले बताए ।

‘गोली नै लागेको होइन, मिस फायर हुँदा छर्राले मात्रै भेटेको हो,’ उनले भने, ‘मिस फायर हुँदा पहिला गाडीमा गोली लागेर त्यसको छर्राले मात्रै मान्छेलाई भेटेको हो।’ 

प्रहरीबीचको झगडाका कारण ‘एकले अर्कालाई गोली हानेको’ हल्ला बजारमा आए पनि पुष्टि हुन सकेको छैन। तर, डिएसपी श्रेष्ठले कुनै झगडा र विवादको कारण नभई कसैको असावधानीले गोली पड्किएको हुनसक्ने भएकाले घटनाको छानबिन गरिरहेको बताए । 

‘झगडा हुने सम्भावना नै छैन यहाँ,’ उनले भने, ‘गोलीले सीधै लाग्दा मान्छे मरिहाल्छ, छर्राले मात्रै भेटेको हो ।’
 

प्रकाशित: ११ फाल्गुन २०७३ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App