coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रक पल्टिँदा ८ घाइते

इलाम-  मेची राजमार्ग अन्तर्गत जिल्लाको कोल्बुङ गाउँमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर छ।

झापाबाट रुखका गोलिया लिन इलाम आउँदै गरेको ना.३ ख ६०६० नम्बरको ट्रक सडकबाट करिब ३० मिटर खसेर दुर्घटना भएको पशुपतिनगर इलाका प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते हुनेमा ट्रक चालक झापा कन्काई नगरपालिका–८ का ४२ वर्षे समशेर राई छन् । कन्काई नपा–२ का राजेश राई, विनोद तामाङ, प्रणीण पौडेल, धाइजन–६ का रञ्जित विक, सुमन पौडेल, विवेक सुब्बा र धुलाबारी–७ का सविन घिमाल घाइते भएको प्रहरी इन्स्पेक्टर शिवकुमार बुढाथोकीले जानकारी दिए।

                घाइते सबैको झापाको बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरू सबै ट्रकमा सामान लोड–अनलोड गर्ने कामदार हुन्।

 

प्रकाशित: ९ फाल्गुन २०७३ ०८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App