६ वैशाख २०८१ बिहीबार
राजनीति

निर्वाचन घोषणा भएन, संविधान संशोधन अघि बढाइने

मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- निर्वाचन मिति घोषणा गर्न बसेको मन्त्रिपरिषद् बैठक सो निर्णय नगरी सम्पन्न भएको छ। बैठक निर्वाचन मितिभन्दा पनि राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमा केन्द्रित रहेर निर्णयहरु गरेको छ।

 स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा बनेको कार्यदललाई एक हप्ताको समय थप गर्ने सरकारले निर्णय गरेको छ। सो कार्यदलले एक हप्ताभित्र पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी सुझाव पेस गर्नेछ। प्रतिवेदनलाई लिएर मधेसवादी दलहरु असन्तुष्टि जनाउँदै अाएका छन्।

सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले मंगलबार सुरु हुने ब्यवस्गथापिका संसदको बैठकमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने जानकारी दिए। उनले संघीय आयोगमार्फत् थारु मधेसी जनजाति मागलाई सम्बोधन गर्न तदरुकताका साथ अगाडि बढाइने जानकारी दिए।

मन्त्रिपरिषद् बैठक आज पुनः बस्ने बताइएको छ।

प्रकाशित: ९ फाल्गुन २०७३ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App