coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

'कयौं दिन बिते'मा सुरेन र तमन्ना

भ्यालेन्टाइन डेको अवसर पारेर अष्ट्रेलियाबाट नयाँ नेपाली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक कमल खत्री र गायिका पूजा गुरुङको स्वर रहेको कयौं दिन बिते बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। गीतको शब्द कमल र पूजा आफैंले लेखेका हुन् भने संगीत गायक कमलले दिएका हुन्।

अष्ट्रेलियामा नेपाली म्युजिक भिडियो निर्माण र निर्देशनमा निकै सक्रिय रहेका सुरेनज फोटोग्राफी एण्ड टिमले म्युजिक भिडियो निर्माण गरेका हुन्। अष्ट्रेलियामै छायांकन गरिएको भिडियोमा भौगोलिक दूरीले केही टाढा रहेका दुई प्रेमिल मनको कथालाई चित्रण गरिएको छ। ती दुई प्रेमिल मनको सुखद मिलनलाई भिडियोको अन्त्य बनाइएको छ।

भिडियोमा सुरेन र तमन्ना शर्माले अभिनय गरेका छन्। तमन्ना पूराना नेपाली फिल्म बेहुलीकी नायिका सुनिता शर्मा र अभिनेता तथा फिल्म निर्माता विजे शर्माका सुपुत्री हुन्। टेक वयलकोटीको छायांकन रहेको यो गीतको भिडियोको निर्देशन सुरेन र उनको टिमले गरेका हुन्।

भिडियो हेर्नुस्:

प्रकाशित: ३ फाल्गुन २०७३ ०७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App