coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जयबहादुर चन्द र सिंहबहादुर श्रेष्ठ आइजीपीमा नियुक्त

काठमाडौं- सरकाले सशस्त्र प्रहरी र नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो।  

चन्द २०४४ साल चैत २९ गते निरीक्षकको रुपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी काठमाडौं, पर्सा लगायत महत्वपूर्ण जिल्लाको प्रमुख भइसकेका उनी २०६८ पुस ४ मा डिआईजीमा बढुवा भएका थिए। उनको कार्यकाल २०७४ चैत्र ४ सम्म हुनेछ। त्यसपछि ३० वर्षे सेवा अवधिका कारण उनले अवकाश पाउने छन्।

हाल लागूऔषध नियन्त्रण ब्युरो प्रमुख उनी डिआईजीका रुपमा सुदुरपश्चिम क्षेत्रिय प्रहरी कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेबारी सम्हालेका थिए।  ब्यवस्थापनमा स्नातोकत्तर, कमाण्ड र अनुसन्धानमा दक्षता रहेका उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिशमा सरकारले महानिरीक्षक नियुक्त गरेको हो।

गठबन्धन सरकारमा कांग्रेसलाई नेपाल प्रहरीको महानिरीक्षक तथा माओवादीले सशस्त्र प्रहरी महानिरीक्षक पाउने समझदारी भएको थियो।

प्रकाशित: १ फाल्गुन २०७३ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App