"

नयाँ राजनीतिका चुनौती

शुक्रबार, २१ माघ २०७३, १० : ४६ डा.सरोज धिताल


त्यति बलियो ठानिएको राजतन्त्र समाप्त भएर यो देश गणतन्त्र बनेको पनि यतिका वर्ष बितिसके। तर पनि नेपाल अझै पुरानै छ। नयाँ बन्नै सकेन। यो असफलताका निम्ति जसले पनि सजिलै सराप्ने परम्परागत राजनीतिका कर्ता बनेका पुराना पार्टीहरूलाई नै हो।

नयाँ नेपाल निर्माणका निम्ति राजनीतिलाई नै नयाँ परिभाषा दिनसक्ने नयाँ पार्टीको उदयको सम्भावना छ त?

जे होस्, राजनीतिलाई नै नयाँ परिभाषा दिन चाहने नयाँ पार्टी गठन हुने सिलसिलाले बिस्तारै गति लिने सम्भावना देखिँदैछ तर परम्परागत राजनीतिका विकृतिले तिनलाई रङ्गाउने हुन् कि तिनले परम्परागत राजनीतिलाई नै विस्थापित गर्ने हुन्?

जब 'विवेकशील नेपाली'का नाममा युवाशक्ति संगठित हुन थाल्यो, लाग्यो–सम्भव रहेछ। पछि पार्टीकै रुपमा दर्ता भएको त्यस समूहका युवा नेता न त राजनीतिक व्यापारका निम्ति खडा गरिएका स–साना 'दल'का मुखिया जस्ता थिए, न परम्परागत पार्टीका हाकिम जस्ता। फरक वैकल्पिक राजनीतिको सम्भावनाको प्रारम्भिक प्रमाणका रुपमा यी देखापरेका थिए।

हिंसात्मक वि›ोहमा दीक्षित र हिंसाप्रियताको बदनामी भोगेका तर वैकल्पिक राजनीतिको आवश्यकताबोध गरिरहेका धेरै मानिसको मनस्थिति बुझेका बाबुरामले पनि 'नयाँ शक्ति' शब्दलाई नै उपयोग गरेर झन् ठूलो नयाँ पार्टी नै घोषणा गरिदिए। त्यसलाई पनि नयाँ राजनीतिको आवश्यकताबोध हुँदै गएको प्रमाणकै रुपमा मैले लिएँ।

बिस्तारै–बिस्तारै नागरिकका अन्य समूहले पनि वैकल्पिक राजनीतिक पार्टीको आवश्यकताबोध गर्न थालेको सुन्दा अचम्म लागेन। यस्ता नयाँ पार्टीहरू बन्ने सिलसिला चलिनैरहने छ। पक्कै पनि नयाँ धारमा अरु नयाँ पार्टी खुल्नेछन्। तीमध्ये कुनै पानीको फोकाझैं हराएर जालान्, कुनैले दीर्घजीवन प्राप्त गर्लान्। कुनै–कुनै नयाँ पार्टी जोडिएर ठूला पनि होलान्, कुनै टुक्रिएलान् पनि।

जे होस्, राजनीतिलाई नै नयाँ परिभाषा दिन चाहने नयाँ पार्टी गठन हुने सिलसिलाले बिस्तारै गति लिने सम्भावना देखिँदैछ तर परम्परागत राजनीतिका विकृतिले तिनलाई रङ्गाउने हुन् कि तिनले परम्परागत राजनीतिलाई नै विस्थापित गर्ने हुन्? यो हेर्न भने केही समय पर्खनै पर्ने हुन्छ। यी सम्भावित नयाँ खाले राजनीतिक दलको भविष्य, तिनको आयु, लोकप्रियता आदि अर्थात् तिनका सफलतालाई धेरै कुराले प्रभावित पार्नेछन्। यी अनेक पक्षभित्र पनि केही प्रमुख चुनौती छन्, जसलाई कसरी सामना गर्ने हुन् भन्ने कुरा भने यिनको भविष्यको प्रमुख निर्धारक हुनेछन्।

राष्ट्रिय अस्मिता

राष्ट्रिय सुरक्षाका मात्रै हैन यतिबेला राष्ट्रिय अस्मिताकै प्रश्न टड्कारो हुँदै आएको छ। यो प्रश्नबाट भागेर वा टालटुले पाराले मात्र यसलाई सम्बोधन गरेर हुँदैहुँदैन। भूमण्डलीकरणको रङ बिस्तारै उड्दै गइरहेको यथार्थमा साना देशको राष्ट्रिय अस्मिता कति महŒवपूर्ण हुन्छ? यो सवालमा सैद्धान्तिक तहमै सुस्पष्टताको आवश्यकता छ। आर्थिक, सांस्कृतिक तथा ज्ञान र सीप आदिका व्यावहारिक आयाममा भूमण्डलीकरणको प्रभाव अझै बलियो रहे पनि, केही समयअघि देखापरिरहेको 'विश्व नागरिक'को सपनासँग जोडिएको 'रोमान्टिसिज्म' भने छिटोछिटो खुइलिँदै गइरहेको तथ्यलाई बु‰नु आवश्यक छ।

ठूला देश आफ्नो राष्ट्रवादलाई झन्–झन् बलियो र ठोस पार्दै लगिरहेका छन् र साना देशमा भने लघुराष्ट्रवाद (सबस्टेट नेसनलिज्म)को बिउ छरिरहेका छन्। यो देख्न, बु‰न धेरै टाढा गएर ट्रम्प वा पुटिनलाई हेरिरहनै पर्दैन। सिक्किमलाई आफूमा विलय गराउन सफल भइसकेपछि पनि त्यहाँको 'नेपाली'पनको पहिचानले अप्ठेरो पार्ला कि भनी भारतले प्रशस्तै चाल चलेको सुनिएकै हो। पाकिस्तानका धार्मिक अतिवादीलाई समेत भारतको प्रमुख जासुसी संस्थाले मलजल गरिरहेको समाचार आइरहेको छ भने, नेपालजस्तो सजिलो ठाउँमा भारतले जे पनि गर्न सक्ने नै भयो। 

यो परिस्थितिमा नयाँ राजनीतिको भार बोक्ने नयाँ राजनीतिक शक्ति र दलहरूले राष्ट्र, राष्ट्रियतासँग जोडिएका अनेक विषयलाई कसरी बु‰ने र कस्तो नीति लिने, स्पष्ट हुनै पर्छ। अहिले ठूला राष्ट्रको अन्ध राष्ट्रवाद एकातिर र तिनैले साना देशमा रोपेको लघुराष्ट्रवाद अर्काेतिर हुँदा अत्यन्त डरलाग्दो नयाँ खाले साम्राज्यवादको खतरा बढिरहेको तथ्यलाई बेवास्ता गर्दा नयाँ पुस्ताले ठूलै विपत्ति भोग्नुपर्ने छ। त्यसैले यतिबेला साना राष्ट्र भित्रको देशभक्तिलाई अन्धराष्ट्रवादको रुपमा बु‰नु खतरनाक हुन्छ। यस्तो स्थितिमा, नयाँ राजनीतिका सारथिका निम्ति राष्ट्र, राष्ट्रियता, देशभक्ति, राष्ट्रवादजस्ता विषयमा स्पष्ट हुने चुनौती चानचुने छैन।

राष्ट्रिय गीत गाएर मात्रै अनि नालापानीको लडाईं सम्भि्कएर मात्रै देश बलियो हुने हैन। अहिलेको स्थितिमा राष्ट्रलाई बलियो बनाउने एउटै मात्र बाटो, सामाजिक न्याय सहितको समृद्धि हो। यसका निम्ति भ्रष्टाचार र परनिर्भरतालाई निमिट्यान्न पार्नैपर्ने हुन्छ। अर्थात्, राष्ट्रको अस्मिता माथिको खतरा विदेशीहरूको गिद्धे नजरबाट मात्रै हैन, आफ्नै देशभित्रको रोगबाट छ भन्ने कुरालाई आत्मसात नगरी हुन्न। परम्परागत राजनीतिमा सत्ता 'साधन' नभई 'साध्य' नै हुन पुगेकाले परम्परागत पार्टीहरू यी रोगव्याधिसँग जु‰न सक्षम भएनन्।

भ्रष्टाचार

अब नयाँ राजनीतिक संस्कार नै स्थापना गर्नुपर्ने चुनौती भएका नयाँ पार्टीले देशको हरेक कुनाकाप्चा, हरेक बिन्दु, हरेक सरकारी निकाय, गैरसरकारी, निजी, सहकारी... हरेकक्षेत्रमा व्याप्त भ्रष्टाचारका हजारौं रुपसँग कसरी जु‰ने होलान्? यो विषयमा स्पष्ट रणनीति, मार्गचित्र र योजना नहुने हो भने, सबै नयाँ पार्टीहरू पुरानै परम्परागत राजनीतिको भासमा जाकिने छन्। यो अर्को अत्यन्त ठूलो चुनौती हो। कोफि अन्नान भन्थे, ‘कुनै पनि राजनीतिक व्यवस्थालाई भित्रैबाट बिस्तारै कुहाउने काम गर्छ भ्रष्टाचारले।’ यसरी कुहिएको व्यवस्थाका अङ्ग बनेका कुनै पनि राजनीतिक पार्टी कसै गरी परनिर्भरतासँग जु‰न सक्षम हुनै सक्दैनन्। अहिले यही भइरहेको छ। नयाँ पार्टीभित्र पनि, गम्भीर सैद्धान्तिक छलफल तथा पार्टी–सदस्यहरूभित्र उच्च आचरण कायम राख्न अनुशीलनको सिलसिला कायम नराख्ने हो भने भ्रष्टाचारसँग जु‰न सजिलो हुने छैन।

प्राविधिक हिसाबले हेर्दा पनि भ्रष्टाचारविरुद्धको लडाईं ठूलै लडाईं हुन्छ। मानिसको संस्कारभित्रै त्यसले प्रवेश पाइसकेपछि, अत्यन्त ज्या›ो कुसंस्कारका रुपमा त्यसले जरो गाड्छ– हामी यही तथ्यको साक्षी भएका छौं। भ्रष्टाचारविरोधी निकायको स्थापना गरेर मात्रै नहुने रहेछ भन्ने कुरा हाम्रै अख्तियार दुरुपयोगविरोधी निकायको कथाले देखाइरहेको छ। त्यसका निम्ति चाहिने राजनीतिक इच्छाशक्ति सहितको नयाँ राजनीतिक दलका रुपमा उदाउन नयाँ पार्टी भित्रैबाट सफा र बलियो हुनु आवश्यक छ। भ्रष्टाचारविरोधी अभियानमा जुनसुकै पार्टी, नागरिक समाज, संस्था र जनताका हरेक तप्कासँग हातेमालो गर्न सक्नुपर्ने हुन्छ। अनुशासन सहितको लोकतन्त्र स्थापना गर्ने काम सम्भव तर गाह्रो हुन्छ र धेरै मेहनत गर्नुपर्छ भन्ने बु‰नु आवश्यक छ।  

परनिर्भरता

अघिल्लो शताब्दीको साठीको दशकयता हरिया अमेरिकी जीपहरु नेपालका धुले सडकमा गुड्न थालेपछि नै बेलगाम परनिर्भरताको दलदलमा जाकिदै गएको छ यो देश। यसलाई अब आत्मनिर्भर बनाउने चुनौती ज्यादै नै ठूलो चुनौती हो। पराईका दानदक्षिणामा भर नपरी निर्यात बढाएर, आफ्ना स्रोत संशाधनको अधिकतम उपयोग गरेर, नागरिकका निम्ति देशभित्रै काम र कमाइको बन्दोबस्त गरेर देशलाई समृद्ध बनाउने काम हरेक राष्ट्रका निम्ति स्वाभाविक कर्म हो, स्वधर्म हो तर छ–सात दशकदेखि झन्–झन् ›ुत गतिमा परनिर्भरताको दलदलमा फँसेको सानो देशका निम्ति यही स्वाभाविक काम अत्यन्त दुरुह भइसकेको छ। यो दलदलबाट बाहिर निस्कने काम चानचुने काम हैन। नयाँ पार्टीले यो चुनौतीको उचित ढंगले सामना गर्न नसक्दा पनि पुरानै सत्तामुखी राजनीतिले यिनलाई निल्नेछ। बजार अर्थव्यवस्थालाई कसरी सन्तुलित, न्यायपूर्ण र उत्पादनशील हुने गरी संयोजित गर्ने भन्ने कुरामा अत्यन्त गम्भीर र संवेदनशील नहुने हो भने कि पुरानै 'ब्यारेक कम्युनिज्म' कि भने अनियन्त्रित पुँजीवादको फोहोरी मानवताविरोधी भासमा जाकिने डर हुन्छ। नयाँ पार्टीहरू साँच्चै नयाँ हुने हुने हो भने यति गम्भीर विषयमा चुक्नु हुँदैन, अल्छी मान्नु हुँदैन। 

जनतासँगको एकाकार

वैकल्पिक नयाँ राजनीतिको कुरा गर्ने र अभ्यास गर्न चाहने समूह प्रायः शिक्षित, सचेत, दुनियाँ देखेका मध्यमवर्गीय मानिसका समूह छन्। अधिकांश जनताभित्रको ऊर्जालाई आफ्ना निहित स्वार्थका निम्ति पुरानै पार्टीहरूले दोहन गरिरहेका छन्। यस्तो स्थितिमा आफ्ना सदस्यहरूको पंक्तिभित्र मात्र नभई सिंगो जनसमुदायमा नयाँ राजनीतिक चेतको प्रवाह गर्ने अर्को चुनौतीको सामना गर्नुपर्ने हुन्छ, नयाँ पार्टीले। यसका निम्ति जनतासँग कसरी एकाकार हुने भन्ने अर्को चुनौती छ, जसको दार्शनिक र सैद्धान्तिक मात्रै हैन प्राविधिक आयाम पनि छ। संगठनको प्रारम्भिक चरणमा रहेका नयाँ पार्टीले जनताको जीवनमा तत्काल बोधगम्य परिवर्तन ल्याउन सक्दैनन्। जनता भने पुराना नेताको बतासे आश्वासन देखी वाक्कदिक्क भइसकेका छन्। यस्तो स्थितिमा सपना बाँडेर मात्रै पुग्दैन, नयाँ पार्टीले उल्लेख्य सृजनशीलता देखाउन सक्नुपर्ने हुन्छ।

देशलाई नयाँ ऊर्जा चाहिएको छ। अब बन्ने नयाँ पार्टीले यी सबै चुनौतीको सामना गर्न सकून्। पुराना पार्टीले जनताको सृजनशील नयाँ राजनीतिलाई आत्मसात गर्दै अझै बढी योगदान गर्न सकून्। देशले साँच्चै नयाँ चोला फेरोस्!






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

कोइरालालाई नोबेल सम्मान

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘नोबेल साकोस साहित्य प्रतिष्ठान’द्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू शनिबार स्रष्टाहरुलाई प्रदान गर्नुभयो । ...

‘अब थोरै फिल्ममा काम गर्छु’

‘अब थोरै फिल्ममा काम गर्छु’

कुनै समय अभिनेता दयाहाङ राई अभिनित फिल्म एक महिनामा झण्डै आधा दर्जनको हाराहारीमा रिलिज हुन्थे। ...

यल : फिल्म फेस्टिभल हुने

यल : फिल्म फेस्टिभल हुने

फिल्म तथा वृत्तचित्र निर्माणमा स्वतन्त्र रुपले काम गरिरहेका निर्देशकहरुलाई प्रोत्साहित गर्न ‘यल इन्टरनेसनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल(यिफ)’ हुने भएको छ ।...

‘अक्षरदेखि अक्षरसम्म’माथि विमर्श

डा. बद्री पोख्रेलको जीवनदर्शन समेटिएको पुस्तक ‘अक्षरदेखि अक्षरसम्म’ नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्रीगंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका छन् । ...