८ वैशाख २०८१ शनिबार
अर्थ

ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रूपैयाँ बढ्याे

काठमाडौं– नेपाल आयाल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ।

निगमले बुधबार राति १२ बजे(बिहीबार)देखि लागू हुने गरी ग्यासको मूल्य बढाएको प्रवक्ता भानुभक्त खनालले बताए।

मूल्यवृद्धिसँगै प्रतिसिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँबाट बढेर १३ सय ५० रुपैयाँ हुने भएको छ।

२५ रुपैयाँ वृद्धिपछि पनि निगमलाई एक सिलिण्डर ग्यासमा अझै १ सय ६२ रुपैयाँ घाटा रहेको उनले बताए।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समेत घाटा रहेको जएको भए पनि मूल्य भने बढाएको छैन। निगमलाई हाल १५ दिनको मासिक घाटा २३ करोड ९३ लाख रुपैयाँ रहेको उनले बताए।

 

प्रकाशित: १९ माघ २०७३ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App