६ वैशाख २०८१ बिहीबार
अन्य

लोकसेवाले तीन दिन थप्यो नासुको आवेदन दिने म्याद

काठमाडौं- नायब सुब्बा (नासु) को लागि आवेदन दिने मिति निर्धारित समयभन्दा तीन दिन थपिएको छ। आयोगको वेब साइटमा आएको समस्याका कारण आवेदन दिने म्याद तीन दिन थप गरिएको आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालालले नागरिकन्युजलाई बताए।

यो निर्णयसँगै अब माघ २१ गते सम्म आयोगले नासुको आवेदन बुझ्नेछ। दोब्वर दस्तुर तिरेर २८ गतेसम्म आवेदन दिन सकिने प्रवक्ता कोइरालाले जानकारी दिए।

यो निर्णयसँगै अब माघ २१ गते सम्म आयोगले नासुको आवेदन बुझ्नेछ। दोब्वर दस्तुर तिरेर २८ गतेसम्म आवेदन दिन सकिने प्रवक्ता कोइरालाले जानकारी दिए।

आवेदन दिने म्याद सकिन एक दिन बाँकी रहँदा हिजो (सोमबार) लोक सेवा आयोगको वेब साइट डाउन भएको थियो। अत्यधिक चापका कारण सर्भरमा आएको समस्याले हजारौं आवेदकहरुले फर्म भर्न पाएका थिएनन्।

लोक सेवाले एक बर्ष अघि देखि सबै आवेदन वेबसाइटबाट मात्र लिन थालेको थियो। आयोगको वेब साइटमा निवेदकको अत्यधिक चाप बढेपछि सर्भर डाउन भएको लोक सेवाले जनाएको छ। अहिले भने आयोगको साइट सुचारु छ।

आयोगले नासु पदमा आवेदन गर्ने अन्तिम मिति आज सम्मको तोकेको थियो।

प्रकाशित: १८ माघ २०७३ ०८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App