coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसका तीन नेता कोरिया पुगे

पाँचथर– नेपाली कांग्रेसका नेताहरु वैदेशिक रोजगारीमा रहेका नेपालीहरुसँग अन्तक्र्रिया गर्न दक्षिण कोरीया पुगेका छन् । नेपाली कांग्रेस प्रवासको भातृ संगठन नेपाली जनसंम्पर्क समितिको आयोजनामा शुक्रबार कोरीयाको सउलमा हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुन तीन नेता पुगेका हुन् ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामाचन्द्र पौडेल, केन्द्रीय सदस्य धनराज गुरुङ, नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङ कोरीया पुगेका हुन्।

‘संघीय, समृद्ध नयाँ नेपाल निर्माणका लागि कांग्रेसको नेतृत्वदायी भुमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी हुन बिहीबार नेताहरु कोरिया पुगेको समितिका कार्यवाहक महामन्त्रि भिमराज चेम्जोङले जानकारी दिए ।

उनका अनुसार नेपालको विकासमा कोरियामा बस्ने नेपालीले खेल्ने भूमिकाबारेमा अन्तक्र्रिया हुने छ। दुई चरणको कार्यक्रम हुने बताइएको छ। पहिलो चरणमा नेपालको समयसामयिक विषयमा र दोश्रो चरणमा कोरियामा रहेका कांग्रेस कार्यकर्तासँग अन्तक्र्रिया हुने चेम्जोङले जानकारी गराए।

तीन नेताहरुले समयसामयिक विषयमा आफ्नो प्रस्तुती राख्ने तथा छलफलमा सहभागी हुने जनाइएको छ। राष्ट्रिय राजनीति, आर्थिक समाजिक विकास, नेपालको विकासमा कोरियामा रहेको नेपालीको भूमिका लगायतका विषयमा अन्तरक्रिया गरिने केरुङले बताए।

 

प्रकाशित: १३ माघ २०७३ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App