coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रोयल फाइटर अन्तिम आठमा

काठमाडौं- सन्दीप जोराको ९१ रनप्रेरित रोयल पिसी फाइटरले शुक्रबार बालुवाटार क्रिकेट क्लबलाई १ सय १४ रनले पराजित गर्दै खुकुरी च्यालेन्जर कपको क्वाटरफाइनलमा स्थान बनाएको छ। समूह ‘सी’मा लगातार तेस्रो जित निकाल्दै ६ अंक बटुलेकोे रोयल फाइटरले शीर्ष टोलीको हैसियतमा अन्तिम ८ को यात्रा तय गरेको हो। समूहका अन्य सबै टोलीले १ खेल खेले पनि अंक जोड्न सकेका छैन। त्रिभुवन आर्मी क्लबले अन्तिम अवस्थामा प्रतियोगिता नखेल्ने भएपछि बालुवाटार क्रिकेट क्लब सहभागी बनेको थियो।

टस जितेर ब्याटिङ गरेको रोयल फाइटरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो। ओपनर रविन जोशी ६ रनमा आउट भएपछि सन्दीपले इनिङ सम्हालेका थिए। ५३ बलमा २ छक्का र १३ चौका प्रहार गरेका सन्दीप शतकबाट ९ रनले चुके। सन्दीपलाई अर्को इन्डबाट इन्द्रकमल मानन्धर र अमर राउटेलाले साथ दिएका थिए। इन्द्रकमलले ४२ रन बनाए भने अमर ३८ रनमा अविजित रहे।

१ सय ९१ रनको लक्ष्य पछ्याएको बालुवाटारले १५ ओभरमा सबै विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो। बालुवाटारका सुमन उदयले १८, रिकेशले १७ र उज्वल ढकालले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

रोयल फाइटरका अमरले ३ विकेट लिए भने उमेश चन्द र वसन्त खत्रीले २/२ विकेट लिए। सन्दीप र प्रनित थापाको नाममा १/१ विकेट रह्यो।

शुक्रबारै भएका अन्य खेलमा काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसीटिसी)को ‘ए’ टोलीले विराटनगरको शुरक्षण क्रिकेट क्लबलाई ९ विकेटको नतिजा सुम्पदा केसीटिसीकै ‘बी’ टोलीले ओसिस क्रिकेट क्लबलाई ६४ रनले पराजित गर्‍यो।  नेपाल क्रिकेट स्कुलले पुल्चोक इन्जिनियरियङ कलेजलाई ३७ रनले हरायो।

शुरक्षणको जितमा योगेन्द्र कार्कीले अलराउन्ड प्रदर्शन गरे। योगेन्द्रले ४ विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको केसिटीसी ‘ए’ले ७ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो। केसीटिसीका सुधीर चौधरीले ३४ र संजय बस्नेतले ३१ रन बनाए।  शुरक्षणका योगेन्द्रबाहेक ललित राजबंशीले २ विकेट लिए। १ सय ९१ रनको लक्ष्य शुरक्षणले १३.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो। योगेन्द्रले ६६ र पुरुषोत्तम झाले ३५ रन बनाए।

त्यस्तै टस जितेर ब्याटिङ गरेको नेपाल क्रिकेटले निर्धारित १६ ओभरमा ८ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो। पुल्चोक कलेज १४.५ ओभरमा सबै विकेट गुमाएर ७१ रनमा सिमित भयो। खराव प्रकाशका कारण खेल १६ ओभरमा छोट्याइएको थियो।

शुक्रबारै भरतेन्दुको अर्धशतक मद्धतमा टस जितेर ब्याटिङ गरेको केसीटिसी ‘बी’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो। भोजराज भट्टले ४ विकेट लिएपछि १ सय ६१ रनको लक्ष्य पछ्याएको ओसिसले १ सय २ रन मात्र बनाउन सक्यो।

प्रकाशित: ८ माघ २०७३ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App