७ वैशाख २०८१ शुक्रबार
खेल

खेलाडी छनौटको विरोध

महोत्तरी– राष्ट्रिय खेलकुद परिषद्ले सन् २०१८ मा हुने विश्वकप खेलको लागि राष्ट्रिय प्रतियोगिता विना नै खेलाडी छनौट गरेकोमा जिल्ला क्रिकेट संघ महोत्तरीले विरोध जनाएको छ।

जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष रौशनकुमार सिंहले बुधबार प्रेष विज्ञप्ती प्रकाशित गरी विश्वकप खेलको लागि खेलाडी छनौट गरिएको प्रक्रिया प्रति भत्र्सना गरेको छ।

राखेपले राष्ट्रिय खेलकुद प्रतियोगिता गराएर देशभरीबाटै राम्रो प्रर्दशन गरेको खेलाडी छनौट गर्नु पर्नेमा केन्यासँग वल्र्डकप क्वालिफाई खेलाउने भन्दै ऐन, नियम कानुन र लोकतान्त्रिक प्रक्रिया विपरीत ५२ जना पुरानै खेलाडी छनौट गरेपछि नँया खेलाडीहरु अबसरबाट बञ्चित हुँदै मारमा परेको जिल्ला क्रिकेट संघ महोत्तरीको ठहर रहेको छ।

पुरानै खेलाडीहरुलाई अवसर दिँदा पनि गतवर्ष राम्रो प्रर्दशन गरेको सम्साद शेष, राहुल प्रताप सिंह, रिजन ढकाल र फैजुर रहमान खान जस्ता खेलाडीहरु छनौटमा नपर्नु राखेपको दोहरो चरित्र भएको आरोप क्रिकेट संघ महोत्तरीको रहेको छ।

लोकतान्त्रिक  अपनाउँदै समावेशी खेलाडी छनौटको लागि जिल्ला क्रिकेट संघ महोत्तरीले माग गरेको छ।

साथै मागको बेवास्ता भए न्यायको लागि अदालतमा जाने चेतावनीसमेत विज्ञप्तीमार्फत दिइएको छ।

प्रकाशित: ५ माघ २०७३ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App