८ वैशाख २०८१ शनिबार
समाज

उपत्यका सडकः रातभर खनिन्छ,बिहानै पुरिन्छ (फोटो फिचर)

रतिमा बानेश्वर सडक खनेर पाइप बिच्छ्याइदै। तस्बिरः नागरिक

काठमाडौं–उपत्यकामा सडक खनेर खानेपानी पाइप बिच्छ्याउने काम धमाधम भैरहेको छ। मेलम्चीको पानी उपत्यकामा भित्र्याउने अन्तिम तयारीमा पाइप विस्तार र ट्यांकीहरु निर्माणको काम चलिरहेको छ।

बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म सडक खन्ने, पाइप बिच्छ्याउने र खनेको सडक पुरेर छाड्ने गरिन्छ। त्यही सडकमा दिनभर सवारी गुड्छन्, यात्रुहरु कुँद्छन्। फेरी राति उहि समय तालिकामा काम चल्छ।

पाइप बिछ्याउन खनिएका मूल सडकमा डोजर र लोडर लगाएर अस्थायी मर्मतको काम पनि सँगसँगै चलिरहेको छ।
खनेको ठाउँमा पाइप बिच्छ्याएर पुरेर मात्रै छाड्ने गरिएको भन्दै आलोचना भएपछि आयोजनाले सडक सम्याउने, खाल्डाहरु पुर्ने, धुलो र हिलो हुन नदिने र लोडर लगाएर सडक कसिलो बनाउने गरेको छ।

उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय मेलम्ची उपआयोजना–२ अन्तरगत मेलम्चीको पानी ल्याउनका लागि पूर्वाधार तयार पार्ने काम तीब्र गतिमा भैरहेको छ। यहि क्रममा सडक खनेर अस्तव्यस्त पारेको भन्दै चर्को आलोचना पनि हुनेगरेको छ।

आलोचना बढेपछि हिजोआज सरकारका सम्बन्धित निकाय र पदाधिकारीको ध्यान पनि खिचिएको छ। 
खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय हिजोआज सडक खन्ने कामको निरीक्षणमा खटिएका देखिन्छन्।

‘रातिमा सडक खन्ने र पाइप बिच्छ्याउने कामको स्थलगत निरीक्षण गरिरहेका छौं,’ उपाध्यायले नागरिकन्युजसँग भने ‘दिउसोमा पानी स्टोर गर्ने टंकी निर्माणको काम पनि हेरिरहेका छौं।’

धुलो, हिलो कम गर्न र अव्यवस्थित सडकलाई सुधार्नका लागि आयोजनालाई निर्देशन दिइएको र कामको प्रत्यक्ष निगरानी र स्थलगत अध्ययन गरिरहेको उपाध्यायले बताए।

खुमलटार, बालाजु, बाँसबारी र कलंकी लगायतका स्थानमा ट्यांकी निर्माणको कामको अध्ययन गरिरहेको र जाउलाखेल, बानेश्वर, एयरपोर्ट, गौशाला, गोपी कृष्ण हल लगायत पाइप बिच्छ्याउने काम चलिरहेका क्षेत्रमा रात्रिकालिन अवलोकन पनि गरिरहेको उपाध्यायले बताए। उनका अनुसार मन्त्रीतहबाट पनि बेलाबेलामा अवलोकन गर्ने र आयोजनलाई निर्देशन दिने काम भैरहेको छ। 

मन्त्री, सचिवसहितको सरकारी टोलीको अनुगमनका क्रममा आयोजना तर्फबाट आयोजना प्रमुख तिरेश प्रसाद खत्री, उपप्रमुख अनिलभद्र खनाल, हिमेष आनन्द बैद्य, अयोजना व्यवस्थापक नन्द खनाल, पनर्वास विज्ञ गिरीबहादुर सुनार लगायतका अधिकारीहरु र विज्ञ संलग्न हुने गरेका छन्।

अस्थाइ कालोपत्रे
पाइप बिछ्याउन खनिएका मूल सडकमा डोजर र लोडर लगाएर अस्थायी मर्मतको काम पनि सँगसँगै चलिरहेको छ।
खनेको ठाउँमा पाइप बिच्छ्याएर पुरेर मात्रै छाड्ने गरिएको भन्दै आलोचना भएपछि आयोजनाले सडक सम्याउने, खाल्डाहरु पुर्ने, धुलो र हिलो हुन नदिने र लोडर लगाएर सडक कसिलो बनाउने गरेको छ।

चावहिलमा लोडर लगाएर पिच गर्न तयार पारिदै पाइप बिच्छ्याइएको सडक।

गत शुक्रबारबाट सडक सुधारको कामलाई तिब्रता दिइएको आयोजना प्रमुख तिरेश प्रसाद खत्रीले जानकारी दिए। उनका अनुसार खनेको सडक कालोपत्रे गर्ने काम पनि धमाधम सुरु भएको छ।

राजधानीका सडकमा धुलो बढेर स्वास्थ्यमा गम्भीर असर पारिरहेको समाचार आएपछि निर्देशानलयले अस्थायी कालोपत्रे गर्न चासो दिएको हो। त्यसैगरी निर्देशनालयले धुलोको मात्रा घटाउन धुलाम्मे सडकमा दैनिक दुईपटक पानी हाल्ने पनि गरिरहेको छ।

बानेश्वर, गौशाला, चावहिल र चुच्चेपाटीका मूल सडक कालोपत्रे गर्ने तयारी भएको जनाइएको छ । 
पाइप बिछ्याउन खनेका मूल सडकमा धुलो कम गर्न अस्थायी कालोपत्रे गरिने र मेलम्चीको पानी उपत्यकामा आएर वितरण भएपछि मात्रै स्थायी रुपमा कालोपत्रे गरिने खत्रीले जानकारी दिए।

राजधानीका सडकमा धुलो बढेर स्वास्थ्यमा गम्भीर असर पारिरहेको समाचार आएपछि निर्देशानलयले अस्थायी कालोपत्रे गर्न चासो दिएको हो। त्यसैगरी निर्देशनालयले धुलोको मात्रा घटाउन धुलाम्मे सडकमा दैनिक दुईपटक पानी हाल्ने पनि गरिरहेको छ।

अहिले सडक पूर्ण रुपमा निर्माण गरिए पनि पछि फेरी भत्काउनु पर्ने भएकोले अस्थाइ समाधान नै उपयुक्त हुने खत्रीले बताए। 

खत्रीका अनुसार अस्थायी मर्मत पनि कालोपत्रे नै हो । कम खर्चमा तत्काल काम चलाउन पातलो कालोपत्रे गरिनेछ। खत्रीले यो प्रक्रिया निर्देशनालयले अगाडि बढाइसकेको बताए।

उपत्यकाका ४० ठाउँमा ६१ किलोमिटर मूल सडक र ६ सय ७० किलोमिटर भित्री सडकमा पाइप बिछ्याउने काम चलिरहेको अयोजना व्यवस्थापक नन्द खनालले जानकारी दिए।

भित्री साना सडक निर्देशनालयले नै मर्मत गर्ने जनाइएको छ भने आठ मिटरभन्दा बढी चौडाइका सडक विभागले मर्मत गर्नेछ। विभागलाई ८५ करोड र निर्देशनालयलाई करिब एक अर्ब रुपैयाँ बजेट समेत छुट्याइसकेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App