coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अस्ट्रलिया इनिङले विजयी

मेलबर्न- तीव्र गतिका बलर मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गरेपछि अस्टे्रेलियाले दोस्रो टेस्टको अन्तिम दिन शुक्रबार पाकिस्तानमाथि एक इनिङ र १८ रनको जित हात पार्दै तीन टेस्टको शंृखला २–० ले आफ्नो पक्षमा पारेको छ।

९१ बलमा ७ छक्कासहित ८४ रन जोडेका स्टार्कले पाकिस्तानलाई सस्तोमा समेट्ने क्रममा ३६ रन दिएर ४ विकेट लिएका थिए।

यसअघि घरेलु टोलीले ८ विकेट क्षतिमा ६ सय २४ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो। कप्तान स्टिभ स्मिथले अविजित १ सय ६५ रन बनाए। उनले २ सय २६ बल खेल्दै १३ चौका र १ छक्का प्रहार गरेका थिए।

अस्ट्रेलियाले पाकिस्तानमाथि पहिलो इनिङमा १ सय ८१ रनको अग्रता बनाएको थियो। स्टार्क चम्किएपछि भ्रमणकारी टोली दोस्रो इनिङमा १ सय ६३ रनमा समेटिएको थियो।

दोस्रो इनिङमा पाकिस्तानका अजहर अली र असद सफिकले समान ४३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

अस्ट्रेलियाका स्टार्कले ४, नाथन लियोनले ३ तथा जज हेजलउडले २ विकेट लिएका थिए। स्मिथ म्यान अफ दि म्याच घोषित भए।

यसअघि सिड्नीको गाबामा सम्पन्न पहिलो टेस्टमा घरेलु टोली ३९ रनले विजयी भएको थियो।

प्रकाशित: १६ पुस २०७३ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App