७ वैशाख २०८१ शुक्रबार
खेल

पदक तालिकामा आर्मी पहिलो

धरान- पूर्वाञ्चलको विभिन्न शहरहरुमा आयोजित सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकाको शीर्षस्थानमा तीन वटै विभागीय टिमले कब्जा जमाएको छ।

शुक्रबार औपचारिकरुपमा सम्पन्न सातौं खेलकुदको पदक तालिकामा नेपाल आर्मी पहिलो स्थानमा रहन सफल भयो। सातौं खेलकुदको कुल २ सय ६२ स्वर्ण पदक मध्ये आर्मीले १ सय १३ स्वर्णमा कब्जा जमायो। यस्तै, ६४ रजत ४७ कास्य पदकसहित आर्मीले कुल २ सय २४ पदक जित्यो।

पदक तालिकाको दोस्रो स्थानमा विभागीय टोली सशस्त्र प्रहरी रह्यो । सशस्त्रले ५० स्वर्ण, ४८ रजत र ५८ कास्य पदकसहित कुल एक सय ५६ पदक जित्यो भने तेस्रो स्थानमा नेपाल प्रहरी रह्यो। प्रहरीले ४० स्वर्ण, ३८ रजत र ४१ कास्यसहित कुल १ सय १९ पदक जित्यो। पदक तालिकामा पहिलो, दोस्रो र तेस्रो भएका टिमलाई शुक्रबार धरानमा आयोजित समापन समारोहमा उपराष्ट्रपति नन्दबहादु पुनले सातौं राष्ट्रिय खेलकुदको ट्रफी वितरण गरेका थिए।

पदक तालिकामा मध्यमाञ्चल क्षेत्र चौंथो स्थानमा रह्यो । मध्यमाञ्चलले ३३ स्वर्ण, ५१ रजत र ५७ कास्य पदकसहित कुल १ सय ४१ पदक जित्यो भने पाँचौ स्थानमा रहेको मध्यपश्चिमाञ्चलले ९ स्वर्ण, १४ रजत र ४३ कास्यसहित कुल ६६ पदक जित्यो। पश्चिमाञ्चलले ७ स्वर्ण, २१ रजत र ३८ कास्यसहित कुल ६६ पदक जित्दै छैटौं स्थानमा रहदा आयोजना क्षेत्र पुर्वाञ्चलले भने ६ स्वर्ण, १६ रजत र ५९ कास्यसहित कुल ७० पदक जित्दै सातौं स्थानमा रह्यो । पदक तालिकाको पुछारमा रहेको सुदुरपश्चिमाञ्चल क्षेत्रले ४ स्वर्ण, ११ रजत र ५९ कास्य पदकसहित कुल ७४ पदक जित्यो । प्रतियोगितामा समावेश ३२ खेलहरुमा २ सय ६२ स्वर्ण, २ सय ६३ रजत र ३ सय ९१ कास्य गरि कुल ९ सय १६ पदक वितरण भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।

 

पदक तालिकामा पहिलो स्थानमा रहेको नेपाली सेनाका प्रधानसेनापति उपराष्ट्रपतिबाट सातौं राष्ट्रिय खेलकुदको ट्रफी ग्रहण गर्दै ।

तस्बिर: रोहित राई

 

प्रकाशित: १५ पुस २०७३ १४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App